तुलसीपुरमा नगदसहित ५ जना जुवाडे पक्राउ

Advertise with us

तुलसीपुर, ३० असोज। तुलसीपुरमा नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को भमकेमा गिरिराज गरङ्जाको घरमा जुवा खेलिरहेको अवस्थामा नगद २४ हजार बढी रकमसहित पाँच जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा घरधनी गरङ्जासहित ५३ वर्षिय जयबहादुर घती, ४७ वर्षिय हिरालाल खनाल, २९ वर्षिय प्रेमबहादुर राइ र २८ वर्षिय नबिन भनिने नेत्र आचार्य पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तर्गत मुद्धा चलाई कार्बाही अघि बढाएको प्रहरीले जनाएको छ ।

Buddha International Hospital

 

Advertise with us