भैंसी पाल्ने दुध मास्टर

 

Buddha International Hospital

दिवाकर पोख्रेल

Advertise with us

देउखुरी, फागुन  । दाङको गढवा गाउँपालिका ४ निवासी शिक्षक हरी यादवले गाउँको कृषि क्षेत्रमा परिवर्तन नै ल्याउनु भएको छ । विशेषगरी भैंसी पालन र दुध संकलन गरेर गाउँमै दुध विक्री गर्ने बातावरण मिलाएका यादवले आफैले पनि भैंसी पालन गनुर््भएको छ ।

दैनिक दुइ सय लिटर दुध संकलन गर्दै आउनु भएका यादवलाई स्थानीयले दुध मास्टर भन्ने गर्दछन् । ३२ जना किसानको दुध संकलन गरेर दुग्ध उद्योगमा पु¥याने यादवले दुध विक्रीबाट मात्रै मासिक ३० देखि ४० हजार आम्दानी गर्दै आउनु भएको छ । यो उहाँको अतिरीक्त पेसा हो ।

दिपेन्द्र मावि पर्सेनीमा अध्यापन गराउने शिक्षक यादव विद्यालय जाने समय वाहेको समय भैसी पालन दुध संकलनमै बिताउनुहुन्छ । ‘गढवा क्षेत्र दुध उत्पादन हुने क्षेत्र पनि हो, यहाँबाठ लमही सम्म दुध लग्न गारो भएपछि आफै संकलन केन्द्र खोलेको हुँ’ यादवले भन्न्ुभयो । दुुग्ध संकलन केन्द्र खोलेपछि २० किलोमिटर दुध बोकेर विक्री गर्न जानुपर्ने बाध्यता हटेको स्थानीय भैंसी पालक किसान बताउँछन् ।

उहाँले दुग्ध संकलन केन्द्रलाई समग्र राप्ती पारी क्षेत्रमा नमूना बनाउने लक्ष्य राख्नु भएको छ । दुध संकलन गर्नको लागि हाल डि फ्रिजबाट काम चलाउनुभएका यादवले चिलिङभ्याट खरिद गरेर दैनिक पाँचसय लिटर दुध संकलन गर्ने लक्ष्य राख्नु भएको छ ।

विगत २५ बर्ष देखि व्यवसायिक रुपमा दुधको कारोबार गर्दै आउनु भएका यादवले अहिले दुइ छोरालाई कृषि विषय नै पठाउनु भएको छ । ‘एउटा छोराले भेटनरी र अर्को छोराले बाली विज्ञानमा स्नातक तह सम्मको पढाइ सक्दैछन् । छोरा नै विशषज्ञ भएपछि पेसा गर्न सजिलो होला भनेर व्यवसाय संग सम्बन्धि विषय पढाएका हुँ’ यादवले भन्नुभयो ।

यादवकै पहलमा शक्ति उपभोत्ता सहकारी संस्था स्थापना गर्नुभयो । उक्त सहकारी संस्थामा दुइ सय ५० जना किसान आवद्ध छन् । फेरी अर्को आधारशिला सहकारी स्थपना गरेर दुग्ध उत्पादक किसानलाई समेट्दै आउनु भएको छ ।