कांग्रेसको चियापान


घोराही, १६ कात्तिक । नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम अन्र्तगत देशभर एकै पटक दशै, तिहार र छठ पर्वको अवसरमा शुक्रवार चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।


Advertise with us
दाङमा पनि नेपाली कांग्रेस जिल्ला कमिटीले पाटीको नेता, कार्यकर्ता, भातृ संगठन एवम शुभ चिन्तकहरुलाई बोलाएर चियापान गराएको छ । तर कांग्रेस दाङले चियापान कार्यक्रमलाई भने अनौपचारिक रुपमै सिध्याएको छ । कार्यक्रममा बोलाइएका पाहुनाहरु चिया र नास्ता खादै फर्किदै गरेका थिए ।

Buddha International Hospital


जस जिल्लाका सबै तह र तप्का सांसद देखि पाटीका केन्द्रिय स्तरका नेता कार्यकर्ताको सहभागिता भए पनि चियापानमा कुनै औपचारिक कार्यक्रम भने गरिएको थिएन ।

नेपाली कांग्रेस दाङका अध्यक्ष कृषिबहादुर विष्टले विपि र दाङका प्रभावशाली नेता खुमबहादुर खड्काको तस्विरमा माल्यापण गर्दै उपस्थित सबैलाई स्वागत गरे पछि कार्यक्रम अनौपचारिक रुपमै सुरु भएको थियो । कार्यक्रममा राखिएको व्यानरमा दशै, तिहार र छठको शुभकामना दिइएको थियो ।

कार्यक्रममा नास्ताको लागि सामान्य मेसको व्यवस्था गरिएको थियो भने नेता, कार्यकर्ता एवम बोलाइएका अन्य व्यक्तिहरु आउदै विस्कुट, नमकिन एवम चिया खादै फर्किदै गरेका थिए । भने केही माथिल्लो स्तरका नेताहरुले व्यानरको अगाडी उभिएर सामुहिक फोटो पनि खिचाएका थिए ।

Advertise with us