विदेश छोडेर, खेतिपातिमा रमाउदै

Advertise with us

पार्वती बस्नेत
घोराही, ८ फागुन । अधिकांश युवा जगतहरुका लागी विदेश भनेको पैसाको शहर भन्ने लाग्छ । हो त्यो मोहले लमही नगरपालिका वडा नम्बर ९ अमिलिया निवासी क्रिमलाल चौधरीलाई पनि छोडेन । परिणाम स्वरुप चौधरी, २०६२ सालमा मलेशिया गए ।

Buddha International Hospital
Advertise with us


जिल्ला बन कार्यालयको बिपन्न बर्ग अन्र्तगतको सस्तो ५ प्रतिशत व्याजमा ९० हजार ऋण लिएर चौधरी मलेशिया गए । मलेशियाको तीन वर्षको बसाईले चौधरीलाई दुख, सुख र मिहेनत के हो र कसरी गर्नुपर्छ भन्ने कुरा सबै सिकाएको छ । झण्डै तीन वर्षको बसाईमा चौधरीले चार लाख ५० हजार मात्र रकम ल्याएर घर फर्किए । आठ घण्टा डयुटी र तीन घण्टा ओभर टाईम गरेर दिनरात फयाक्ट्रीमा मेसिनसँग काम गरेका चौधरीले फयाक्ट्रीमै काम गर्दा औला समेत गुमाउन पर्यो ।


बैदेशिक रोजगारबाट घर फर्किए पछि चौधरीलाई आफैले आफनो काम गरेर यहिको माटोमा पैसा फलाउन सकिन्छ भन्ने आभाष भए पछि चौधरीले अहिले खेतिपाति, भैसीपालन, तरकारी खेत िर खसी बोका अर्थात बाख्रापालन गर्दै आएका छन ।


२८ जनाको संगोल परिवारमा बसोबास गर्दै आएका चौधरीका प्लस टु पढ्ने १ छोरी र अहिले एस.इ.ई तयारी गरिरहेका १ छोरा रहेका छन । चौधरीको गोठमा अहिले माउबाख्रा १७ गरी ३० ओटा खसी बोका तथा ५ वटा भैसीहरु रहेका छन । दुध र खसी बोका मात्रै बेचेर चौधरीले बार्षिक रुपमा सबै खर्च कटाएर झण्डै दुइ लाख बचत गर्दै आएका छन । त्यस्तै तरकारी खेति, मकै खेति लगायतबाट पनि चौधरीले बर्षेनी लाखौ रुपैपा आम्दनी गरिरहेका छन ।

त्यत्तिमात्र होईन चौधरीले आफ्नो ४ र अधिया ५ बिगाहा जमिनमा खेतिपाति गर्दै आएका छन । साथै तरकारी खेतिका लागी ३लाखको खर्चमा आफैले बोरिङ समेत खनाउनुभएको छ । चौधरी सँग अहिले दुईवटा टेक्टर छन् । यि टेक्टर मध्ये १ टेक्टर चाही बैदेशिक रोजगारबाट आएको पैसामा थपथाप गरेर किनेको चौधरीले बताए ।

चौधरी परिवारले थालनी गरेको यो व्यवसायमा महत्वपुर्ण भुमिका भने उनको पत्नी सीता चौधरीले गरेकी छन । हेफर ईन्टरनेश्नल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङले स्थापना गरेको समुह मार्फत बचत शुरु गरेकी सतिाले २०७० साल कात्तिक १४गते आफ्नै गाउँमा कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड बैधानिक रुपमै दर्ता भए पछि झनै सहकारी मार्फत शुरुमा बिना धितो २० हजारसम्म लिऋ पाउन थाले पछि त्यसले झन घरेलु उद्यममा टेवा पुगेको छ ।

महिलाहरु आवद्ध सहकारी संस्थाले परिवारलाई महत्वपुर्ण केन्द्रमा राखेर काम गर्दा परिवारको आर्थिक अवस्थामा निक्कै सुधार आएको सीताले बताइन ।

विवाहका २७ औ बसन्त पार गरेका यी चौधरी दम्पतीले अहिले कर्मठ सामाजिक उद्यमी महिला सहकारीबाट नै बिना धितो माछापुच्छे्र बैकंबाट तीन लाख रुपैया आफ्नो कृषि व्यावसायलाई बृद्धि गर्न कै लागी भनेर ऋण लगेको बताइन । घरपरिवार सबैले कामलाई महत्वका साथ हेर्ने र मिलेर काम गर्ने हो भने आफनै गाँउमा परिवारसँगै बसेर हिरामोति फलाउन सकिने क्रिमलाल चौधरीले बताए ।

चौधरीले जस्तै उत्साह जोश र जागरका साथ अनेकौ युवाहरुले कृषिलाई प्राथमिकताका साथ काम गर्ने हो भने नेपालमा रहेको अधिकांश युवा बिदेशपलायन को समस्या रोकिने थियो क िकतिपयको बुझाई छ ।