शान्ति निकेतनले विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता गर्दै

घोराही, फागुन ८ । दाङको घोराहीमा जिल्ला स्तरीय विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । शान्ति निकेतन विद्यालयको आयोजना र दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा फागुन २१ देखि विद्यालय स्तरिय हार्ड वलमा पहिलो पटक क्रिकेट प्रतियोगिता हुने भएको हो ।

Blog Post Ad

Blog Post Ad

विद्यालयले बुधबार पत्रकार सम्मेलन गरेर प्रक्रियोगिताको बारेमा जानकारी दिएको छ । दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाले क्रिकेट प्रतियोगितामा १० वटा भन्दा बढि विद्यालयले भाग लिने बताउनुभयो । प्रतियोगिता नकआउट रहने प्रतियोगितामा पहिलो हुने विजेता टिमले नगद रु. २५ हजार र दोश्रो हुने टिमले रु. १५ हजार पुरस्कार पाउने विद्यँलयले जनाएको छ ।

अहिलेसम्म जिल्लामा भएका क्रिकेट खेलहरुमा टेनिस बलको प्रयोग हँुदै आएको थियो भने यस प्रतियोगितामा हार्ड बल प्रयोगमा ल्याउने क्रिकेट प्रतियोगिताका आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य प्रायोजकमा तपस्या ट्रेडर्स रहेको पनि आयोजकले बताएको छ ।

विद्यालयका प्रिन्सीपल खगेश्वर पौडेलको अध्यक्षता तथा युवा व्यवसायी खड्ग बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा व्यवसायी बुढाथोकीले दाङ भौगोलिक रुपमा समेत क्रिकेट खेलका लागि धेरै अबसर भएको जिल्लाको रुपमा रहेको बताउनुभयो । यो प्रतियोगिताले जिल्लामा अबसर समेत सिर्जना गर्ने उहाले बताउनुभयो ।

विद्यालयका प्रबन्ध निर्देशक सुनिल गौतमले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण विद्यालयका भाईस प्रिन्सीपल टीका बस्नेतले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *