क्यान्सर पीडितलाई आर्थिक सहयोग

फोटो ः रीता लामा

 

Buddha International Hospital
Advertise with us

घोराही उपमहानगरपालिका वडा नम्वर ७ निवासी १५ बर्षिया क्यान्सर पीडित नारायणी घर्तिमगरलाई विदेशबाट आर्थिक सहयोग जुटेको छ । विदेशका विभिन्न तीन स्थानबाट उनलाई करिव ३१ हजार रुपैया सहयोग जुटेको हो ।
घोराही उपमहानगरपालिका ५ धर्ना निवासी हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत विनोद शर्माको पहलमा १५ हजार ८ सय, सयपत्री युवा क्लवका अध्यक्ष ज्ञाविन्द राइको पहलमा ११ हजार २ सय र जोजो युवा क्लवका अध्यक्ष जोजो वि मगरको पहलमा करिव ४ हजार २ सय रुपैया संकलन गरि पत्रकार शरद अधिकारीले नारायणीका आमा भगवती घर्तिलाई विहिवार हस्तान्तरण गरेका थिए ।