कविता : देशद्रोही कलम

मणिकुमार श्रेष्ठ ‘सिजन’

Blog Post Ad

साँच्चै निस्सासिँदो छ

Blog Post Ad

राजनीतिक बातावरण
त्यसैले त आज मलाई

अँध्यारै अँध्यारोमा

बस्न मन लागेको छ
त्यही अँध्यारोलाई
चिरफार गर्न
चाहिएको छ आज मलाई
एउटा देशद्रोही कलम

नेताहरु जनता लुट्ने
जनपिपासु बनेपछि
ती राष्ट्रघाती
दलालहरुलाई
खेद्नै पर्छ यो देशबाट
पर्दाफास गर्नु छ यहाँ
तिनका कुकृत्यहरुलाई
तिनै कुकृत्यका
पानाहरुलाई
धुजाधुजा पार्न
चाहिएको छ आज मलाई
एउटा देशद्रोही कलम

पस्दै छन रे … ?
सिंहदरबार र बालुटारमा
भ्रष्टचारका नाईकेहरु
ल्याउदैछन रे
ऐन कानुन
ठूलालाई मोजमस्ती
सानालाई जबरजस्ती
त्यसैले त साना ठुलालाई
समानता दिलान
बन्दुक होइन
चाहिएको छ आज मलाई
एउटा देशद्रोही कमल

Leave a Reply

Your email address will not be published. Required fields are marked *