लिकर्ष एसोसियसनका पदाधिकारीद्धारा सपथ ग्रहण

दाङ, फागुन । राप्ती अञ्चल लिकर्ष एसोसियसनका नव निर्वाचित पदाधिकारीहरुले सपथ लिएका छन् । सोमवार एक कार्यक्रमको आयोजना गरी उनीहरु लाई सपथ ग्रहण गराइएको हो । नव निर्वाचि अध्यक्ष जगतप्रसाद आचार्य लाई निर्वाचन समितीका संयोजक यादव शाहले सपथ ग्रहण गराउनु भएको हो ।

Buddha International Hospital

Advertise with us

अन्य पदाधिकारीहरु लाई नव निर्वाचित अध्यक्षले सपथ ग्रहण गराउनु भएको हो । कार्यक्रम एसोसियसनका निवर्तमान अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वोल्ने बक्ताहरुले राज्यले मदिरा व्यवसायीहरुलाई उपेक्षा गरेको बताएका थिए । उनीहरुले राज्यले अवैध मदिरा नियन्त्रण गर्ने पहल थाल्नु पर्ने समेत बताएका थिए । त्यस कार्यमा आफुहरुले सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा एसोसियसनका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक यादव शाह, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्की लगाएतले भनाइ राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण एसोयिशनका सल्लाहकार खड्गवहादुर वुढाथोकीले गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष तथा महासचिवले नवनिर्वाचित अध्यक्ष तथा महासचिवलाई माइन्युट हस्तान्तरण गर्नुभएको थियो ।

उवासंघद्धारा स्वागत सम्मान

राप्ती अञ्चल लिकर्ष एसोसियसनका नव निर्वाचित पदाधिकारीहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले स्वागत सम्मान गरेको छ । संघले सोमवार एक कार्यक्रमको आयोजना गरी स्वागत सम्मान गरेको हो ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षता तथा राप्ती अञ्चल लिकर्ष एसोसियसनका अध्यक्ष जगतप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वोल्ने बक्ताहरुले व्यवसायिहरु एकतावद्ध भएर आफनो हक अधिकारका लागि अगाडि वढनुपर्ने बताएका थिए । उनीहरुले राजयले विभिन्न वाहानामा व्यवसायिहरुलाई दुख दिने काम गरी राखेको बताएका थिए । त्यस तर्फ व्यवसायिहरु सचेत हुनुपर्ने बताएका थिए ।

नवनिर्वाचित अध्यक्ष आचार्यले आफु व्यवसायिक हक हितका लागि लागि पर्ने बताउनुभयो । कार्यक्रममा मदिरा व्यवसायि महासंघका केन्द्रीय सदस्य कमल वुढा, राप्ती अञ्चल लिकर्ष एसोसियसनका संस्थापक अध्यक्ष यादव शाह, दाङ जिल्ला उद्योग वाणिज्यका निर्वतमान उपाध्यक्ष खड्गवहादुर वुढाथोकी लगाएतकाले भनाइ राख्नुभएको थियो । संघका कोषाध्यक्ष शुसिल पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव नरेश कार्कीले गर्नुभएको थियो ।

Advertise with us