बलात्कारीलाई मृत्युदण्डको माग गर्दै युथ अफ तुलसीपुरद्वारा प्रदर्शन

Advertise with us

तुलसीपुर, २१ असोज। युथ अफ तुलसीपुरले बलात्कारीलाई मृत्युदण्डको माग गर्दै बुधवार बिहान तुलसीपुरमा प्रदर्शन गरेको छ। तुलसीपुरको एकान्त होटेल चोकवाट सुरु भएको उक्त ¥याली बीरेन्द्र चोकदेखि सितलपुर चोकसम्म पुगेर तुलसीपुर उपमहानगरपालिका अगाडि आएर कोण सभामा परिणत भएको थियो ।

Buddha International Hospital

‘हिजो निर्मला, आज संझना, भोलि हजुरको कोही …? ’ लेखिएको व्यानरको मुन्तिर बलात्कारीलाई मृत्यु दण्डको व्यवस्था गर्न माग गरेका थिए ।

Advertise with us

युथ तुलसीपुरका अध्यक्ष वशन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रमा एडमिन अरुण लहरे, आकाश भण्डारी लगाएले सम्वोधन गरेका थिए ।उनीहरुले बलात्कारीलाई कडा भन्दा कडा कानुन नहुँदासम्म बलात्कारका घटना दोहरी रहने भन्दै मृत्यु दण्डको व्यवस्था गर्न मागपनि गरेका थिए ।

उपाध्यक्ष निशा कुँवरको स्वागत मनतब्यवाट कार्यक्रम सुरु भएको थियो ।कार्यक्रमपछि तुलसीपुर उपमहानगरपालिकामा पुगेर उनीहरुले सोही आसयको ज्ञापन पत्र बुझाएका थिए ।