लखन कपमा जागरुक र अटल विजयी


घोराही ७ फागुन । दाङ्गको घोराहीमा भैरहेको प्रथम शहिद लखन थापा रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत जागरुक एकता युवा क्लब विजयी भएको छ । मंगलबार भएको पहिलो खेलमा नवलपुर युवा क्लबलाई ० को बिरुद्द ३ गोलले विजयी भएको हो ।

Buddha International Hospital
Advertise with us

जागरुक एकता युवा क्लबका जर्सी न. १३ का कृष्ण भुपाल चौधरीले एक गोल , जर्सी न.७ का कपिल बुढाले एक गोल र जर्सी न. ८ का शिशिर चौधरीले एक गोल गरी जम्मा-जम्मी ३ गोल गरेका थिए ।


त्यसैगरी दोश्रो खेलमा अटल युवा क्लब रातोले युएनविसीलाई १ को बिरुद्द २ गोल गरी विजयी भएको छ । अटल युवा क्लब रातोका जर्सी न २९ का भरत चौधरीले २ गोल गरेका थिए भने युएनबिसिका जर्सी न ७ का बिक्रम बिकेले १ गोल गरेका थिए |

लखन थापा प्रतियोगितामा ११ वटा टिम बाहिरिए लगतै पहिलो चरणकोको खेल सिद्दिएको छ ,बुध्बारदेखी दोश्रो चरणको प्रतियोगितामा पहिलो खेल युएनबिसी एकेडेमी र राप्ती क्लब , दोश्रो खेलमा हापुर युथ क्लब र बडहरा युवा क्लब भिड्ने छन |

Advertise with us