अनमी शर्मा द्धारा जन्मदिनमा छात्रालाई प्याड र औषधी प्रदान

घोराही, ७ फागुन | घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित भ्युडर शहरी स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कबिता शर्माले आफ्नो जन्मदिनको अबसरमा छात्राहरुलाई सेनेटरी प्याड बितरण गर्नुभएको छ । वडा नम्बर १३ कै बराह क्षेत्र माबि सेवार वनगाउँका १ सय ७० जना छात्राहरुका महिनावारी भएको बखत प्रयोग गर्ने प्याड बितरण गर्नुभएको हो ।

Blog Post Ad

Blog Post Ad

महिनावारी भएको समयमा छात्राहरु विद्यालयमा अनुपस्थिती हुने दर बढ्दो रहेको पाईएपछि अनमी शर्माले जन्मदिनका अबसरमा प्याड बितरण गरेको बताउनुभयो । विद्यालयका शिक्षिकाहरुले महिनावारी हुदा बिद्यालय नै नजाने र गए पनि बिचमै कक्षा छाड्ने दर बढ्दो रहेको बताएपछि आफु जन्मिएकै दिन छात्राहरुलाई प्याड वितरण गरिएको बताउनुभयो ।

महिनावारी समय बढी पेट दुख्ने समस्याहरु पनि देखिएको भन्दै दुखाई कम गर्ने औषधी पनि वितरण गरिएको उहाँको भनाई छ । अनमी शर्माले विद्यालयका शिक्षिक कमला लम्साललाई ति प्याड प्रदान गरेको र आबस्यकता अनुसार छात्राहरुलाई वितरण गर्ने व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

छात्राहरुको स्वास्थ्य समस्यामा अभिभाबक र विद्यालय प्रशासनले यस तर्फ पनि ध्यान दिनु पर्छ भन्ने सन्देश दिन पनि आफुले जन्मदिनका अबसरमा प्याड र औषधी बितरण गरिएको बताउनुभयो । साथै उहाँले छात्राहरुलाई महिनावारी भएको समयमा ध्यान दिनुपर्ने सरसफाई, प्रयोग गर्ने प्याड र खानपानका बिषयमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *