ढोडेनीमा च्याउ खेती तालिम

दाङ, ७ फागुन । घोराही उप महानगरपालिका वडा नं १४ को आयोजनामा ढोडेनी टोल विकास संस्थाका सदस्यहरु लाई च्याउ खेती सम्वन्धी तालिम दिएको छ । तालिममा टोल विकास संस्थाका २३ जना महिलाहरुको सहभागिता रहेको थियो ।

Buddha International Hospital

Advertise with us

महिलाहरु लाई आय आजनमा सहयोग पु¥याउने उदेश्यले तालिम दिएको वडा कार्यालयले जानकारी दिएको छ । तालिमको एक कार्यक्रमको आयोजना गरी समापन गरीएको छ । कार्यक्रममा वोल्ने बक्ताहरु सिकेको सिप लाई सदुपयोग गरी व्यवसायिक रुपमा अगाडि वढनु पर्ने बताएका थिए ।

कार्यक्रममा वोल्दै वडा अध्यक्ष शक्तिरा डाँगीले सिकेको सिपलाई सदुपयोग गरेर आर्थिक आय आर्जन सुधार गरी अगाडि वढन आग्रह गरे । त्यस अवसरमा वडा सचिव तिलकराम डाँगी, तालिमका प्रशिक्षक घोराही उप महानगरपालिका कृषि शाखाका प्राविधिक सहायक कमल रेग्मी, सहभागिहरु कमला चौधरी, हरीकला रेग्मी लगाएतकाले भनाइ राखेका थिए । च्याउ खेती सम्वन्धी तालिम दुइ दिन सम्म सञ्चालन भएको थियो ।

Advertise with us