उखुको जुस बेच्छन् गणितका डिग्री होल्डर, कमाई वर्षको १२ लाख

दाङ ,फाल्गुन ७ | घोराही बजारदेखि दक्षिण तर्फ । धारपानी मन्दिर जाने बाटोको छेउँ । उखुको खेती छ । बारीको उखु भाँच्दै, मेसिनमा पेलेर जुस बनाउँदै बिक्री गर्न व्यस्त छन् मनराज बाठा ।

Buddha International Hospital

Advertise with us

गणित विषयमा स्नातकोत्तर गरेका बाठा लेक्चरको जागिर छाडेर खेती किसानीमा होमिएका हुन्। यसअघि उनी काठमाडौँका विभिन्न कलेजहरुमा अध्यापन गर्थे । कमाई राम्रै थियो तर उनलाई कृषि कर्म नै प्यारो लागेपछि काठमाडौँ छोडेर दाङ फर्के ।

गुगल सर्च गरेर उखु खेती गर्ने तरिका पत्ता लगाए । दाङमा ७ बिगाह जमिन १० वर्षको लागि भाडामा लिए । अनि सुरु गरे उखु खेती । चिनीको लागि भन्दा पनि उनले उखुको जुसको लागि खेती गरेका हुन् । ‘जिल्लामै उखु खपत भैरहेको छ । उखुको बजार भनेको घोराही, तुलसीपुर, लमही र भालुबांग हो बजारको समस्या छैन, राम्रै भइरहेको छ,’ उनले भने ।

जुस खान जम्मा भएका ग्राहकको भीड । मनराजलाई श्रीमतीले सघाउने गरेकी छन् । बाठाले धारपानी आउने पर्यटकलाई लक्षित गरेर उखु खेती र जुस उत्पादन सुरु गरेको बताए । ‘धार्मिक पर्यटक धेरै आउने गर्नुहुन्छ । धारपानीलाई केन्द्रमा राखेर यहाँ उखु खेती गरेको हुँ’उनले भने–‘बोटबाटै उखु किन्ने ग्राहक आउनुहुन्छ । साथै ताजा जुस खाने ग्राहक पनि आउने गर्नु भएको छ ।’

खेती गरेकै स्थलबाट दैनिक १०/१२ हजारको कारोबार हुने गरेको छ । वार्षिक ८ देखि १० लाखसम्म आम्दानी हुने गरेको बाठाले बताए । ‘म सन्तुष्ट छु । मैले उँखु खेती सुरु गरेपछि अन्यले पनि यस तर्फ रुची राखेको पाएको छु’उनले भने–‘म बाटै बिरुवा लगेर धेरैले खेती सुरु गर्नु भएको छ ।’

बाठाको आफ्नै उखु बारी

उनले उखु खेती गर्नु अघि कुरिलो खेतीमा हात हालेका थिए । तर, त्यहाँबाट राम्रो आम्दानी हुन सकेन् । ठूलो लगानी खेर गयो । तर हिम्मत हारेनन् । उखु खेतीमा हात हाले । यसबाट उनले सन्तोष प्राप्त गरे । उखु खेतीमा उनकी श्रीमती तारादेवी बाठा पनि छिन् ।

Advertise with us