दाङले हैन, राजधानीले मागेको हो दाङ

Advertise with us

देउखरी क्षेत्रका उद्योग बाणिज्य संघका अध्यक्षसंग लमहीबाट राजमार्ग अनलाइन कर्मि शिवु खनालले गरिएको कुराकानी:

Buddha International Hospital

Advertise with us

रत्नप्रसाल श्रेष्ठ

अध्यक्षः देउखुरी उद्योग बाणिज्य संघ लमही
वर्षाै देखिको दांगालीबासीहरुको चाहान प्रदेश सरकारले पूरा गरेको छ । यो चाहानासंगै हामीहरूको मात्रै नभएर पश्चिम बेल्टको माग पूरा भएको हो । दाङ राजधानी भयो, यस मानेमा खुसि नहुने त कुरै भएन । प्रदेश सरकारलाई देउखुरी उद्योग बाणिज्य संघ लमहीले के सहयोग गर्नपर्छ, हामी तयारी अवस्थामा छौँ । मात्रै प्रदेश सरकारले हामिसंग सहयोग माग्न प¥यो, जस्तो सकै सहयोगको लागी हामी तयार छाँै । अर्काे कुरा राजधानी दाङमा आएसंगै यस ठाउँको विकास हुनेमा आसा पलाएको छ र विकास पनि हुन आवश्यक छ । लामो संघर्षपछि बल्ल राजधानीले सबैलाई पाएक पर्ने स्थानमा पाएको छ । प्रदेश सरकारले ढिला गरेपनि अहिले आएर दंगालीको मात्रै नभएर सबैलाई सुविधा र न्याचित हुने गरि निर्णय गरेको म लगायत मेरो संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहान्छु । राजधानीको प्रस्ताव ढिलै भएपनि दाङमा आएको छ यस्मा खुसी छौ, प्रदेशको नेतृत्व गर्नुभएका सबैलाई धन्यवाद दिन चाहान्छौ ।


जगतप्रसाद पोख्रेल
अध्यक्षः भालुवाङ उद्योग बाणिज्य संघ
स्थानीय स्तरमा पनि प्रदेश राजधानीको विषयमा सरकारले निर्णय गरेर संसदमा टेवुल भएकोमा दाङको राप्ती उद्योग बाणिज्य संघले स्वागत गर्दै प्रदेश सरकारलाई धन्यवाद दिएको छ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष जगत पोख्रेलले सरकारले न्यायोचित निर्णय गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘सरकारलाई धन्यवाद छ, संसदबाट पनि एकमतले राजधानीको प्रस्ताव पारित हुनेछ भन्ने आसामा छौ ।’ प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउन प्रदेश ५ मन्त्रीपरिषदले निर्णय संगै दाङको भालुवाङ सहित छिमेकी जिल्लामा खुसीयाली छाएको छ ।


शान्तराज भण्डारी
अध्यक्षः सिसँहनिया उद्योग बाणिज्य संघ
दाङ राजधानी हुनु स्वागतयोग्य निर्णय छ । दाङले राजधानी हैन, राजधानीले दाङ मागेको हो । बाँकि र¥यो दाङ राजधानी भएसंगै पूर्वाधारको लागि चुनौति विषय । त्यो पनि स्थानीय सरकारले व्यवस्थापन गर्छ । स्थानिय सरकारले सहयोग मागोस् व्यवस्थापनको लागी हामी तयारीमै छाँै । राजधानी राख्ने प्रस्ताव दाङ देउखुरीलाई प्रस्ताव गरेको प्रति खुसी व्यक्त गर्नुभयो । हामी पश्चिम क्षेत्रका साँसद र जनताको पायक पर्ने स्थानमा राजधानी हुनुपर्छ भन्ने माग थियो अहिले सोही अनुसार भएकोमा खुसी लागेको छ, दाङ पायकको हिसावले केन्द्रविन्दु नै हो, उपयुक्त ठाउँमा तोकिएको छ ।


रविलाल आचार्य
अध्यक्ष गढवा उद्योग बाणिज्य संघ
प्रदेश सरकारले जे निर्णय गरेको छ, त्यो सबै क्षेत्रलाई न्याइचित हुने निर्णय गरेको छ । यसको लागि मेरो र गढवा उद्योग बाणिज्य संघको तर्फबाट प्रदेश सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ । सबैभन्दा हामिले बुझ्नुपर्ने कुरा केहो भने राजधानी आउने वित्तिकै विकास हुन्छ भन्ने हाम्रो यो भ्रमलाई चिर्न आवश्यक छ । राजधानी भयो भने विकास हुने होइन भने विकासै नहुने भन्ने पनि हुन्छ र ? सबैभन्दा हाम्रो मानसिकतामा विकास हुन आवश्यक छ । र¥यो अर्काे कुरा, राजधानी दाङ भएपछि नागरिक समाज, स्थानीय, राजनितिक दल, सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नपर्छ भन्ने मेरो धारण हो । हामिले चुनेर पठाएको जनप्रतिनिधिले हाम्रो माग पूरा गर्नुभयो । अब देउखुरी उपत्यकालाई चारवटा स्थानीय पालिकालाई जोडेर देउखुरी उपमहानगरपालिका बनाउन आवश्यक देख्छु ।