युएनविसी र फुर्सेखाली विजयी


घोराही ६ फागुन । दाङ्गको घोराहीमा भैरहेको प्रथम शहिद लखन थापा रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत युएनविसी एकेडमी विजयी भएको छ । सोमबार भएको पहिलो खेलमा रतनपुर १ लाई ० को बिरुद्द २ गोलले विजयी भएको हो ।

Buddha International Hospital
Advertise with us

युएनविसी एकेडमीका जर्सी न. १० का रुपक शाहीले एक गोल गरेका थिए भने जर्सी न.८ का जमन बुढामगरले एक गोल गरेका थिए ।
त्यसैगरी दोश्रो खेलमा फुर्सेखाली युवा क्लबले अटल युवा क्लब नीलोलाई १ को बिरुद्द २ गोल गरी विजयी भएको छ ।

फुर्सेखालीका जर्सी न. १७ का मनिष बुढाले एक गोल गरेका थिए भने जर्सी न. ७ का विराज रोकाले एक गोल गरेका थिए ।

अटलका तर्फबाट थम्मन बुढाले सान्त्वना गोल गर्नुभएको थियो । प्रतियोगितामा प्रथम हुने फुटबल टीमले १ लाख ११ हजार १११ नगद, कप, मेडल, प्रमाण पत्र, दोस्रो हुनेले ५५ हजार ५५५ नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै तेस्रो र चौथो हुनेले समान १५÷१५ हजार नगद र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि घोराही निबासी गणेशप्रसाद रोका मगरले दुई लाख र बलिभद्र रानाले एक लाख सहयोग गर्नुभएको छ ।