दाङमा ५७ हजार हेक्टर जमिन सिंचित गरिदै

Advertise with us

घोराही, , ६ फागुन। दाङ समथर भुभाग भएको क्षेत्र भए पनि सिचाईको सहि व्यवस्थापन हुन नसक्दा अधिकासं जमिन बाझै छन । धेरै जसो जमिन आकासे पानीको भरमा खेति भइरहेको छ ।

Buddha International Hospital


Advertise with us
यही सिंचाईको अभाव हटाउन जिल्लामा पछिल्लो समय बृहत दाङ सिंचाई आयोजना अन्तर्गत करिव ५७ हेक्टर जमिन सिंचित गर्ने लक्ष्यका साथ धमाधम काम भईरहेको छ । दुई बर्ष अघि स्थापना भएको बृहत दाङ उपत्यका सिँचाई योजना अन्तर्गत हाल सानाखालका पोखरी तथा लिफ्ट सिचाई आयोजनाको संचालनमा ल्याइ सिचाइको काम थालेको छ ।

प्रशस्त खेतीयोग्य जमिन भएतापनि ंिसचाईको अभावले जमिन बाँझै रहने स्थिति देखिए पछि जिल्लामा आयोजनाको काम थालिएको हो । अल्पकालिन, मध्यकालिन र दिर्घकालिन तीन तह गरी आयोजनाहरुको संचालन गरिएको बृहत दाङ उपत्यका सिंचाई आयोजना कार्यालयका प्रमुख रमेशप्रसाद शर्माले जानकारी दिनुभयो ।


साना खालका आयोजनाहरु हाल कार्यान्वयन भईरहेको र दिर्घकालिन आयोजनका रुपमा लिइएको शारदा—दाङ र माडी— दाङ डाइभर्सनको प्रारम्भिक अध्ययन सम्पन्न गरी कार्यान्वयको प्रक्रिया अघि बढिरहेको शर्माले जानकारी दिनुभयो ।

संचालमा ल्याएका सबै आयोजनाहरु सम्पन्न भए केही बर्ष भित्रै जिल्लाको करिव ५७ हजार हेक्टर जमिन सिंचित गर्न सकिने छ ।
माडी दाङ डाइभर्सन योजनाबाट मात्रै दाङमा ४० हजार हेक्टर जमिन सिंचित गर्न सकिने प्रमुख शर्माले जानकारी दिनुभयो । माडी दाङ डाइभर्सनका लागि २५ किलोमिटरको सुरmङ खनेर दाङमा पानी झारिनेछ । यस्तै माडी नदीको मुहान भएको रोल्पा नगरपालिका वडा नम्बर ५ स्थित पुरन गाउँमा ड्याम निर्माण गरि १ सय ५० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको पनि शर्माले जानकारी दिनुभयो ।

सन २००८ मा पहिलो चोटी अध्ययन गरिएको माडी— दाङ डाइभर्सन योजनाको कामलाई हाल सरकारले प्राथमिकतामा राखेर काम अघि बढाईरहेको उहाँले बताउनुभयो । यस्तै सल्यानको शारदा नदी र दाङलाई जोडेर शारदा—दाङ डाइभर्सन अन्तर्गत पनि १० हजार हेक्टर जमिनलाई सिंचित गर्ने गरी प्रारम्भिक अध्ययनको काम भईरहेको कार्यालयका सुचना अधिकारी मदनप्रसाद शाहले जानकारी दिनुभयो ।
जिल्लामा करिब ५७ हजार हेक्टर जमिनमा सिंचाई अपुग रहेको दाङ उपत्यका बृहत सिंचाई आयोजनाले जानकारी दिएको छ ।

बर्षाको पानी तथा जिल्लाका विभिन्न स्थानका खोलाहरुबाट करिब आठ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको प्रमुख शर्माले बताउनुभयो । ‘खेतीको प्रशस्त सम्भावना हुंदाहुदै पनि सिंचाईको अभावले बर्षाकोपानीलाई कुर्नपर्ने अवस्था दाङमा देखियो ।’ शर्माले भन्नुभयो‘ यी तीनै तहका रणनैतिक योजनाहरु कार्यान्वयनमा आए समग्र जिल्लालाई ंिसचित गर्न सकिने लक्ष्य राखेर बृहत सिंचाई आयोजनाले काम गर्दै आएको छ ।

 

जिल्लामा अल्प र मध्यकालिन योजना अन्तर्गत हाल लिफ्ट सिंचाई आयोजना तथा पोखरीहरुको निर्माण कार्य जारी रहेको छ । गत आर्थिक वर्षमा दाङको बबई गाउँपालिकाको वडा नं. ३ धनवास, सोही ठाउँकै मृगोखोला राणाखोलामा, शान्तिनगर गाउँपालिका वडा नंं १ ज्यामिरेमा, २ को पेदामा, २ कै दाउन्ने खोला, शान्तिनगर ३ को केराघारीमा, तुलसीपुर उपमहानगरपालिका वडा नं. १ को चिसाखानी पोखरी, ३ को थापापानी, ३ कै राम्री तथा सोही वडाकै खमारी, ४ को बाँयाखोला, १९ को स्यालापानीमा पोखरी निर्माणको कार्य पुरा भएको कार्यालय प्रमुख शर्माले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि ९ स्थानमा पोखरी निर्माण गरिने कार्यालयले जानकारी दिएको छ ।

यस्तै मध्यकालिन योजना अन्तर्गत जिल्लाका १४ स्थानमा लिफ्ट सिंचाई आयोजना सञ्चालनमा ल्याईने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा मध्यमस्तरका ड्यामहरुको निर्माण गरी विद्युत र सोलार सिस्टमबाट पानी वितरण गर्ने गरी लिफ्ट सिंचाइ आयोजना सञ्चालन गर्न थालिएको हो । जसअन्तर्गत गत आर्थिक वर्षबाट ९ वटा लिफ्ट सिंचाई योजनाको काम शुरु भई हाल सम्पन्न हुने चरणमा रहेको छ भने यसवर्ष ५ वटाका लागि टेण्डर आह्वाहन गरिएको छ ।

बबई गाउँपालिका ७ ढोलपुर, तुलसीपुर उपमहानगरपालिका १८ बिजौरी, घोराही उपमहानगरपालिका ९, तुलसीपुर उपमहानगरपालिका १७ र घोराही उपमहानगरपालिका ७ मा लिफ्ट सिंचाई आयोजना सञ्चालन गर्ने गरी टेण्डर आह्वाहन गरिएको छ । यस्तै जिल्लाका तीन स्थानमा बर्षाको पानी जम्मा गरि सिंचाईको व्यवस्था गर्ने गरी पनि ड्याम निर्माणको काम पनि अघि बढाइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको रानीखोला र ग्वारखोला एवं घोराही उपमहानगरपालिकाको बालिमखोलामा बर्खाको पानी जम्मा गर्न बृहत ड्याम निर्माण गर्ने गरी प्रारम्भिक अध्ययनको काम सकिएको बृहत दाङ सिंचाई आयोजनाका प्रमुख शर्माले जानकारी दिनुभयो ।