दाङको देउखुरीमा धमाधम पुल बन्दै

दिवाकर पोख्रेल
दाङ, फागुन ६ । 
दाङका धेरै जसो सडक खण्डमा पक्की पुल नहुँदा समस्या भोग्दै आएका स्थानीयबासीले अबको केहि समय यो समस्याबाट छुटकारा पाउने भएका छन् । दाङको तुलसीपुर घोराही र घोराही सडकखण्डमा धमाधम पक्की पुल बनिरहेका छन् । यता देउखुरी उपत्यकाको राप्ती नदीमा तीनवटा पक्की पुल एकै साथ निर्माण भइ्हेका छन भने राप्ती पारी पर्नाहा, क्रक्रहवा र करङगाखोलामा पक्की पुल बनीरहेका छन् ।

Blog Post Ad

Blog Post Ad

यसमध्ये कालाकाटे गढवा सडक खण्डको पर्नाहा खोलामा बनिरहेको पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कुल आठ करोड तीन लाख २३ हजार आठ सय ९० रुपियाँ २३ पैसा लागतमा चितवनको एम.आर.भिमज्योती जे.भि.ले निर्माण थालेको थियो । एक महिना पहिले निर्माण सम्पन्न गर्नुपर्ने भएपनि निर्माण समाग्रीको अभावका कारण निर्धारित समयभन्दा ढिला काम गरेपनि सरकारी पक्ष निर्माण कम्पनीको कामप्रति सन्तुष्ट रहेको छ । सडक विभाग दाङका इन्जिनियर लिलबहादुर भण्डारीले कम्पनीको काम सन्तोषजनक भएको जानकारी दिनुभयो ।

‘पुल आर.सी.सी पुलको तुलनामा फरक प्रि स्टेज पुल रहेकोले पनि केहि समय बढी लागेको हो, अबको एक महिनामा पुलमा गाडी हिड्छ’ इन्जिनियर भण्डारीले भन्नुभयो । कुल ८० मिटर लम्बाइ रहेको पर्नाहा खोलाको पुल निर्माण भएपछि गढवा कालकाटे सडक खण्डमा आवतजावतको लागि सहज हुने भन्दै स्थानीय खुशी भएका छन् । निर्माणको समयमा सामान्य विवाद भन्दा अन्य काममा समस्या नभएको निर्माण कम्पनी एम.आर.भिमज्योती जे.भि.का साइड इन्चार्ज राम लम्सालले जानकारी दिनुभयो ।

उहाँले फागुन अन्तमा पुलमा गाडी चलाउन मिल्ने बताउनुभयो । निर्धारीत समय भन्दा १०÷१५ दिन मात्रै ढिलाइ भएको जानकारी दिदै लम्सालले विद्युतको पोल सार्ने लगायतको काममा ढिलाइ भएको बताउनुभयो ।

यसैगरी राप्ती पारीको कक्रहवा खोलामा पनि आर.सी.सी पुल बन्दै छ । जम्मा ३५ प्रतिसत काम सम्पन्न भएको उक्त पुलको निर्माण कार्य यस आर्थिक बर्षमा सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । सात करोड लागतमा पुल निर्माण भइरहेको छ । यसैगरी सिसहनियाँको दोलही खोलाको कालापानीमा पनि चार करोड ५० लाखको लागतमा निर्माण भइरहेको उक्त पुलको काम ४५ प्रतिसत पुरा भएको र यस आर्थिक बर्षमा सम्पन्न हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

कालापानीको पुलले देउखुरी उपत्यका र उत्तरी पहाड क्षेत्र हुँदै छिमकी जिल्ला प्यूठानलाई जोड्ने काम गर्ने स्थानीय समाजसेवी गंगाराम भट्टराइले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *