गढवामा गरिब घर पहिचान तथ्यांक संकलन सिद्धियो

Advertise with us

दाङ, १२ असोज । दाङको गढवा गाउँपालिकाले गरिब घर पहिचान गरी परिचय पत्र वितरण गर्न तथ्यांक संकलनको काम सकेको छ । नेपाल सरकार भूमी ब्यवस्था तथा सहकारी मन्त्रालयद्वारा सञ्चालित गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि वडागत तथ्यांक संकलन गर्ने काम सकिएको हो ।

Buddha International Hospital

गाउँपालिकाले ८ वटै वडामा गणक खटाएर फागुन ८ गतेदेखि सुरु भएको तथ्यांक संकलनको काम सकिएको गढवा गाउँपालिकाका सुपरिबेक्षक बसन्त अर्यालले जानकारी दिनुभयो । गणकहरुले घर–घरमा पुगेर संकलन गरेको बिवरण अनलाईन प्रबिधिबाटै मन्त्रालयमा पठाइएको छ ।

Advertise with us

जस अनुसार गढवा गाउँपालिकाको वडा नम्बर १ मा कुल १ हजार ३ सय २६ घरधुरी रहेका छन् । वडा नम्बर २ मा ९ सय १० र वडा नं ३ मा ८ सय ९७, वडा नम्बर ४ र ५ मा १ हजार ५५ र १ हजार १ सय ३३ घरधुरी सर्भेक्षण गरी तथ्यांक संकलन गरिएको छ ।

यसैगरी वडा नम्बर ६ मा १ हजार ४ सय ४१, वडा नं ७ मा १ हजार १ सय ८७ र वडा नम्बर ८ मा १ सय ४५ घरधुरीको तथ्यांक संकलन भएको छ । गाउँपालिकाका आठवटै वडाहरुबाट कुल ८ हजार ९४ घरधुरीको तथ्यांक संकलन गरेको र सबैको बिवरण भुमी ब्यवस्था तथा सहकारी मन्त्रालयमा पठाईसकेको गाउँपालिकाका सुपरिबेक्षक बसन्त अर्यालले जानकारी दिनुभयो ।