घोराहीमा ८६ वटा कुकुर बिरालोलाई रेबिज बिरुद्धको खोप दिईयो

Advertise with us

दाङ, १२ असोज । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराही दाङले विश्व रेबिज विरुद्धको दिवसका अबसरमा ८५ वटा कुकुर र एउटा बिरालोलाई खोप लगाईदिएको छ । साथै कुकुर र विरालोका लागि जुकाको औषधी समेत दिईएको छ ।

Buddha International Hospital

रेबिज रोग रेबिज लागेका कुकुर, स्याल, बिरालो लगायतका पशुको टोकाइबाट मानिस र अरु स्तनधारी प्राणीमा सर्ने प्राणघातक रोग भएका कारण सरकारले दिवसका अबसरमा कुकुर र विरालोलाई खोप लगाईदिएको हो ।

Advertise with us

विज्ञ केन्द्रका प्रमुख डा. बेदबहादुर केसीको अध्यक्षता एवं प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा आज कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै सांसद डाँगीले रेबिज उन्मूलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेको समेत धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसी, जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत, कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धिताल, घोराही उपमहानगरपालिका पशु सेवा शाखा प्रमुख जीवराज पौडेल लगाएतकाले घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउने, कुकुर लगायतका जनावरले टोकेमा साबुन पानीले सफा गर्नेे र रेबिजविरुद्धको खोप लगाउने तर्फ सचेतना जगाउनु पर्ने बताउनुभयो ।

रेबिजविरुद्ध पहिलोपल्ट प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ लाई स्मरण गर्दै हरेक वर्ष रेबिज विरुद्धको दिवस मनाउने गरिएको छ ।

अध्ययन अनुसार नेपालमा रेविज फैलनुको मुख्य कारण जंगली स्यालको टोकाइ रहेको छ । नेपालमा हरेक वर्ष रेबिजका एक सय जना नयाँ बिरामी देखिने गरेको स्वास्थ्य विभागले जनाएको छ ।