दाङका जनप्रतिनिधी विद्यालय भर्ना

Advertise with us

दाङ, १२ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्यहरु यमी पुन र हिमा विश्वकर्मा पढाईका लागि विद्यालय भर्ना हुनुभएको छ । गंगा माद्यामिक विद्यालय रामपुरमा पुन र विश्वकर्मा कक्षा ३ मा भर्ना भई पढाई सुरु गर्नुभएको हो ।

Buddha International Hospital

५५ बर्षिय पुनको रोल्नम्बर ३८ र ४७ बर्षिय विश्वकर्माको रोल्नम्बर ३९ हो । २०७४ सालमा वडा सदस्यमा निर्वाचित दुबै सदस्य पहिलो पटक विद्यालय कक्षामा बस्नुभएको हो ।

Advertise with us

जनप्रतिनिधीमा निर्वाचित भएपछि बैठकहरुमा सहभागि हुदा उपस्थितीमा हस्ताक्षर गर्नुपर्ने, वितरण गरेका लेख्य सामाग्रिहरु पढ्नु पर्ने र अध्ययन गरेर आफ्नो धारणा राख्नु पर्ने जिम्मेवारी आएपछि आफुहरुले पढाईको महत्व बुझेको उहाँहरुको भनाई छ ।

पढ्ने उमेरमा नपढेका कारण अहिले पछुताउनु परेको र बाध्यताले विद्यालय भर्ना भएको उहाँहरुले प्रतिक्रिया दिनुभयो । पढाई अनिवार्य रहेछ भन्ने लागेको उहाँहरु बताउनुहुन्छ ।

विद्यालयका सहायक प्रधानाध्यापक श्रीमण न्यौपानेले समाज रुपान्तरणमा शिक्षाको महत्वलाई जनप्रतिनिधीहरुको कक्षा भर्नाले राम्रो सन्देश दिएको बताउनुभयो ।

पढ्नु पर्छ भन्ने सन्देश सँगै विचमै विद्यालय छोड्ने बालबालिका र उनका अभिभाबकलाई समेत जनप्रतिनिधीको विद्यालय भर्नाले अब रोक्ने अपेक्षा गरेका प्रतिक्रिया दिनुभएको छ ।

साथै वडा अध्यक्ष केशबराज आचार्यले पढाईलाई उमेरले नरोक्ने प्रतिक्रिया दिनुभयो । अभिभाबक तथा जनताकै प्रतिनिधी विद्यालय भर्ना भए पछि पढाईको महत्वमा ध्यान केन्द्रीत हुने उहाँको भनाई छ ।