तुलसीपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित हुनेको संख्या २२५

Advertise with us

दाङ, १२ असोज । तुलसीपुरमा कोरोना संक्रमित हुनेको संख्या २२५ पुगेको छ । सोमवार तुलसीपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा संक्रमित हुनेको संख्या २२५ पुगेको कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट स्वाव संकलन गरी कोरोना परिक्षण गर्दा तुलसीपुर ५ का ३४ बर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित मध्ये ५१ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य बाँकी निको भईरहेको फाकल पर्सन केसीले जानकारी दिएका छन् ।

Buddha International Hospital
Advertise with us