पहिरोले पुरिँदा जेसिबी चालकको मुत्यु

दाङ,१२  असोज। प्यूठानमा सडक निर्माण गर्ने क्रममा बाटोमाथिबाट पहिरो खस्दा च्यापिएर सोमबार जेसिबी चालकको मुत्यु भएको छ ।

Blog Post Ad

माण्डवी गाउँपालिका–१ डामृखोलास्थित तिरामबाट दाङ जाने (मदनमणि लोकमार्ग) मा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको पहिराले पुरिँदा सीतगङ्गा नगरपालिका–८ लापे अर्घाखाँचीका ४० वर्षीय नर्सिङ बुढामगरको मृत्यु भएको हो ।

Blog Post Ad

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार पहिराले जेसिबी पनि पुरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *