बन्द हुने हल्लाले दाङका कार्यालयमा सेवाग्राहीको चाप

Advertise with us

दाङ, ११ असोज । लकडाउन खकुलो भएसंगै सरकारी कार्यालय तथा बैंकहरुमा भिडभाड बढेको छ । घोराही,तुलसीपुर,लमही र भालुबाङका विद्युत प्राधिकरण, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, नापी कार्यालयमा पनि नागरिकको भिडभाड देखिएको हो । यस्तै बैंक तथा वित्तिय संस्थामा पनि सेवाग्राहीको भिडभाड बढेको छ । सेवाग्राहीको चाप बढेपछि कोरोनाको जोखिम झनै बढेको छ ।

Buddha International Hospital

Advertise with us

फेरि बन्द हुने हल्ला चलेपछि सेवाग्राहीको अत्याधिक भिडभाड रहेको सम्बन्धित बैंक तथा वित्तिय संस्थाले बताएका छन् । सरकारले फेरि लकडाउन गर्ने भएपछि आफुहरु विद्युतको विल भुक्तानी गर्न आएको तुलसीपुर–१४ का गिता चौधरीले बताउनुभयो । कार्यालयमा आएका सेवाग्राहीले स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्ड पनि पालना गरेका छैनन् । कार्यालयमा भिडभाड बढेपछि कोरोनाको जोखिम बढेको छ ।