लखन कपमा मेघा र बडहरा विजयी

घोराही ४ फागुन । फागुन २ गते देखि घोराहीमा भैरहेको प्रथम शहिद लखन थापा रनिङ कप फुटबलमा बडहरा र मेघा युवा क्लब स्काई ब्लु विजयी भएका छन ।

Buddha International Hospital

Advertise with us

पहिलो खेलमा मेघा युवा क्लब स्काई ब्लुले दंगाली फुटबल क्लबलाई ३ को बिरुद्द ६ गोल गरी विजयी भएको थियो भने दोश्रो खेलमा बडहरा युवा क्लबले ज्ञानज्योति ट्रेनिङ् सेन्टरलाई ० को बिरुद्द १ गोल गरी विजयी भएको छ ।

त्यसैगरी आइतवार हुने खेलमा किसान जागृत युवा क्लब र राप्ती इन्जिनियरिङ कलेज भिड्ने छन भने दोश्रो खेल नव जागरण युवा क्लब र नेपाल मगर संघ भिड्ने भएका छन । यस लखन कप फुटबलमा जम्मा-जम्मी २३ जना क्लबले दर्ता गरेका छन ।

Advertise with us