अब शून्य प्रतिशत छुटमा मात्रै पुस्तक विक्री

दाङ, ४ फागुन । घोराही उपमहानगरपालिका क्षेत्रभित्रका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले यही फागुन १५ गतेदेखि पुस्तकहरु शून्य प्रतिशतमा विक्री वितरण गर्ने भएका छन् ।

Buddha International Hospital

Advertise with us

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी क्षेत्रीय समिति घोराहीको आज शनिवार घोराहीमा सम्पन्न भएको बैठकबाट स्कूल तथा क्याम्पस तहका गाइड, गेस पेपर, व्याकरण, प्रश्ना सङ्गालो (वल्ड इज गोल्ड), प्राक्टीस बुक, लगायत परीक्षासँग सम्बन्धित कितावहरु शून्य प्रतिशत छुटमा विक्री गर्ने निर्णय गरेको हो ।

बैठकले आफ्नो पेशालाई मर्यादित बनाउदै यो निर्णयलाई फागुन १५ गतेदेखि नै कडाइका साथ लागु गर्ने निर्णय समेत गरेको छ । बैठकले यो निर्णय र अन्य स्टेशनरी सामानहरु समितिले निर्धारण गरेको मूल्यमा विक्री गरे नगरेको अनुगमन समेत गर्ने र कुनै व्यवसायीले निर्णय उलंघन गरेको पाइएमा पहिलो पटकका लािग १० हजार जरिवाना समेत गर्ने निर्णय गरेको छ ।

बैठकबाट क्षेत्रीय समितिको क्षेत्रभित्र कुनै व्यवसायीले माथि उल्लेखित पुस्तकहरु स्कूलमै पु¥याउने अथवा कुनै शिक्षकलाई एकमुण्ट रुपमा विक्री गर्न नपाउने र कुनै वाहिय व्यक्ति वा व्यवसायीले यस्तो कार्य गरेको पाइएमा उसको समान समेत जफत गरी कारावाही गर्ने निर्णय गरेको छ ।

कार्यक्रमको सहजीकरण गर्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ दाङशाखाका निवर्तमान अध्यक्ष घनश्याम बरालले यस क्षेत्रका सबै पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको हकहितका लागि र यो व्यवसायलाई थप मर्यादित बनाउन यी निर्णयको व्यवहारिक कार्यान्वयन गर्न सहभागी व्यवसायीहरुलाई आग्रह गरे ।