बलात्कारको आरोपमा प्रहरी हवल्दार पक्राउ

तुलसीपुर, फागुन । महिलामाथि बलात्कार गरेको अभियोगमा दाङमा एक प्रहरी हवलदार विरुद्ध प्रहरीमा जाहेरी परेको छ । तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी रनियापुरमा कार्यरत प्रहरी हवलदार गम्भीर चन्दले बिहीबार राती स्थानीय महिलालाई करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ ।

Buddha International Hospital

Advertise with us

जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले आरोपित हवल्दार चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिनुभयो । महिलाकै घरमा पुगेको प्रहरी हवल्दार चन्दले राती १ बजे महिलामाथि जबरजस्ती करणी गरेको पीडित महिलाले बताउनुभएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

पीडित महिला तथा आफन्तले प्रहरीमा हवल्दारविरुद्ध जाहेरी दिएको हो । पीडित महिलाको राप्ती प्रादेशीक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको कार्कीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।