बंगलाचुलीमा स्वास्थ्य शिविर

Advertise with us

दाङ, फागुन । आफ्नो स्वाथ्य कस्तो बनाउने भन्ने कुरा उसको व्यवहारमा भर पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनिहरुले मान्छेको स्वाथ्यलाई जस्तो बनायो उस्तै प्रतिफल मिल्ने भन्दै स्वाथ्यको सबैले ख्याल गर्नुपर्नेमा जोड दिएका छन् ।

Buddha International Hospital

Advertise with us

दाङको बंगलाचुली गाउँपालिकामा शुक्रबार आयोजित एकदिने निशुल्क स्वाथ्य शिविरको उद्घाटन शत्रमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश नम्वर ५ का सभासद् अमर बहादुर डाँगीले स्वास्थ्यलाई हानी गर्ने चीजको कसैले पनि सेवन गर्न नहुने बताउनुभयो । उहाँले नेपालमा रहेका विभिन्न खालका जंक फुडहरुले मानवीय स्वाथ्यमा गम्भिर असर गरेको भन्दै यस्तो खानेकुरालाई सकेसम्म खानै नहुने सुझाव दिनुभयो ।

यस्तै उहाँले हरेक नागरिकलाई स्वाथ्य सेवा प्रदान गर्ने प्रदेश सरकारको निति अनुसार बंगलाचुली गाउँपालिकामा स्वाथ्य शिवीर संचालन गरीएको जानकारी दिनुभयो । उहाँले नागरिकको नैसर्गिक अधिकार भित्र रहेको स्वाथ्य जस्तो सम्वेदनशिल विषयमा प्रदेश नम्वर ५ सरकार गम्भिर भएर लागेको जानकारी गराउनु भयो । उहाँले अवको सरकारले नागरिकाको हरेक प्रकारको सेवा प्रभावहका लागि सरकार गम्भिरताका साथ लागेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका सांसद् डाँगीले बंगलाचुली गाउँपालिका भौगोलीक रुपमा विकट भएता पनि यहाँको जनताको जीवनस्तर परिवर्तन गर्नका लागि स्थानीय, प्रदेश र संघबाट विभिन्न खालका कार्यक्रमहरु लागुहुने बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले प्रदेश सरकारले बंगलाचुली गाउँपालिकाका नागरिकका लागि भनेर संचालन गरेको स्वाथ्य शिविरले धेरै सहयोग पुराउने बताउनु भयो ।

उहाँले बंगलाचुलीको आवश्यकता स्वाथ्यमात्र नभएर अन्य थुप्रैकुराहरु रहेको भन्दै त्यसलाई पनि पूरा गर्नकालागि स्थानीय सरकार गम्भिर रहेको बताउनु भयो । कार्यक्रममा प्रदेश नम्वर ५ का जनस्वाथ्य अधिकृत ओम पी न्यौपानेले कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो । बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापामगरको स्वागत मनतब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका स्वाथ्य शाखा प्रमुख भक्त बहदुर जीसीले गर्नुभएको थियो ।

निशुल्क स्वाथ्य शिविर सम्पन्न 

यसैवीच दाङको बंगलाचुली गाउँपालिकामा एकदिने निशुल्क स्वाथ्य शिवीसर सम्पन्न गरीएको छ । प्रदेश कार्यालय स्थापनाको उपलक्ष्यमा प्रदेश नम्वर ५ सामाजिक विकास मन्त्रालय स्वाथ्य निर्देशनालयको आयोजनामा स्वाथ्य शिविर सम्पन्न गरिएको हो । शिविरमा २ सय २० बढीले स्वाथ्य सेवा लीएका छन् ।

जसमा १ सय ९५ महिला २५ जना पुरुषहरुले स्वाथ्य सेवा लिएको बंगलाचुली गाउँपालिका स्वाथ्य शाखा प्रमुख भक्त बहादुर जी.सीले जानकारी दिनुभयो । शिविरमा सम्पूर्ण प्रकारको छालारोग,स्त्री रोग, सम्वन्धी स्वाथ्य सेवा प्रदान गरीएको थियो । शिविरमा १ जना पाठेघरको समस्या भएको महिला, रिङपेसरीलगाएका ३ जना, सेतोपानी बग्ने लगाएतका समस्या भएका २५ जना अनि अन्य रोगमा महिलाहरुले स्त्री रोग विशेषज्ञ सरस्वती श्रेष्ठ बाट सेवा लिएका थिए ।

उहाँका अनुसार महिलाहरुले आफ्नो स्वाथ्यको उचिन हेरविचार नगर्दा विभिन्न खालका संक्रमणबाट महिला पीडिट रहेका छन् । उनिहरुले आफ्नो रोगका बारेमा खुलेर भन्न सकक्नुले पनि महिलाहरुमा पाठेघरको समस्या,सेतोपानी बग्ने जस्ता रोगबा समस्याले सताउने गरेको डाक्टर श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी शिवीरमा विभिन्न खालका जटिल प्रकारका दाद भएका ५ जनाले पनि छालारोग विशेषज्ञबाट स्वाथ्य सेवा लिएका छन् । भने हाड जोर्नी तथा नसा सम्बन्धी रोगका विरामीहरुले आयूर्वेद स्वाथ्य सेवा प्राप्त गरेका छन् ।