दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा ४२ जना यात्रु घाईते

तुलसीपुर, ३ फागुन |  दाङमा दुईवटा यात्रुबाहक बस दुर्घटना हुँदा ४२ जना यात्रु घाईते भएका छन् । शुक्रबार साँझ  ४ बजेतिर दंगीशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँको बोगटीमा दुईवटा यात्रुबहाक बस ठोक्किदा भएको दुर्घटनामा घाईते भएका मध्ये तीनजनाको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

Buddha International Hospital

Advertise with us

तुलसीपुरबाट पश्चिम जाँदै गरेको रा १ ख १७७० नम्बरको बस र शान्तिनगरको खैरेनीबाट तुलसीपुरको उरहरी आउँदै गरेको ना ८ ख १०१७ नम्बरको यात्रुबहाक बस एकआपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए ।

घाईतेहरुमध्ये ३९ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ, भने गम्भीर घाईते भएका तीनजनाको थप उपचारका लागि कोहलपुर लगिएको प्रहरी निरीक्षक कार्कीले बताए ।