सरकारी अस्पतालमा सुधार आएको छ : मुख्यमन्त्री शंकर पोख्रेल

शिवु खनाल

देउखुरी, ४ असोज। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पछिल्लो समय सरकारी अस्पतालमा सुधार आएको बताउनु भएको छ । आइतबार दाङको गढवा गाउँपालिकामा सर्पदंश उपचार केन्द्रको उद्घाटन गर्दै मुख्य मन्त्री पोख्रेलले स्वास्थ्य क्षेत्रमा प्रदेशमा उल्लेख सुधार भएपनि नागरिक स्तरमा सरकारी अस्पताल प्रतिको विश्वास नवढेको बताउनुभयो । उहाँले भन्नुभयो, सरकारी अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सुविधा छ, राम्रो उपचार भइरहेको छ, प्रदेशमा कोरोना सङक्रमित भएका बिरामीलाई उपचार गर्ने सक्ने आइसियू सहितका अस्पताल र पलाज्मा थेरापी सम्मका काम भइरहेको छ ।

Blog Post Ad

अहिलेका अस्प्ताल पहिल्यै सरकारी अस्पताल जस्तै ठानेर निजीमा उपचार जानु भन्दा सरकारी अस्पतलबाटै सेवा सुविधा ल्याउन उहाँले आग्रह गर्नुभयो । यस्तै मुख्यमन्त्री पोख्रेलले कोरोना सङक्रमणले विश्वलाई नै आक्रान्त बनाइरहेको समयमा स्वास्थ्य मापदण्ड पालन गर्न र भिडभाडजन्य गतिविधि नगर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “आत्मबल बलियो बनाउने र प्रतिरोधी क्षमता बढाउने हो भने रोगलाई जितिन्छ,स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्ने सजक रहने गर्नुपर्छ ।”

Blog Post Ad

यस्तै मुख्यमन्त्री पोख्रेलले स्थानीय स्तरबाट मुआब्जाको कारण देखाउँदै विकासको कामलाई अवरुद्ध नगर्न आग्रह गर्नुभएको छ । नेपालका गुरुयोजना सफल नहुनुको मुख्य कारण मुआव्जा पनि भएको भन्दै सरकारले सारेको विकासको कामलाई नागरिक स्तरबाट सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

मुख्य मन्त्री पोख्रेलले “आफ्नै गाउँठाउँमा विकास हुँदा नागरिकले पाएको सुविधा हेरेर थोरै भएपनि योगदान गर्न सक्ने हो भने धेरै योजना समयमै पुरा हुन्छन, घरबासै नरहने अवस्थामा सरकारले वासको ग्यारेन्टी गर्छ ।” भन्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मुख्यमन्त्री पोख्रेलले दाङबाट देउखुरी पछाडी पारियो भन्ने मानसिकता त्यान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, देउखुरी उपत्यमा राप्ती नदीलाई विचमा पारेर दुइवटा समानान्तर राजमार्ग चल्न थाले भने,अब केहो विकास भएन भन्ने ?

संघीय सांसद मेटमणी चौधरीले सर्पदंश उपचार केन्द्रबाट दाङ सहित छिमेकी जिल्लाका नागरिकले समेत फाइदा लिन सक्ने भएकोले स्तर बृद्धि गर्ने काममा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश साँसद इन्द्रजित थारुले नगारिकले सर्पदंश उपचारकेन्द्र प्रति विश्वास गरेको भन्दै पछिल्ले समय स्वास्थ्य क्षेत्रमा सुधार हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, ट्रमा सेन्टर लमहीमा बन्दै छ, तुलसीपुरमा प्रादेशिक अूपताल छ,घोराहीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान गढवाको सर्पदंश उपचार केन्द्रले दाङको स्वास्थ्य अवस्थामा सुधार हुदै गएको बताउनुभयो ।

गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा सर्प विशेषज्ञ महेन्द्र कातिलाले सर्पदंशका विरामी अस्पतालमा लगेर उपचार गरेपछि निको हुने जानकारी दिनुभयो । गढवा गाउँपालिकाको एक करोडको लागतमा भवन निर्माण गरेर नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *