कैदीबन्दीका छोराछोरीलाई छात्रबृति

दाङ, फागुन । पीडित सेवा संघ दाङले कैदीबन्दीका छोराछोरीलाई छात्रबृति बितरण गरेको छ । प्रत्येक महिनाको ८ सयका दरले छात्रबृति वितरण गर्दै आएको संस्थाले प्रत्येक तीन÷तीन महिनामा कार्यक्रम गरी छात्रबृति वितरण गर्दै आएको छ ।

Buddha International Hospital

Advertise with us

बिहीबार तुलसीपुरमा कार्यक्रम गरी ५५ जना कैदीबन्दीका छोराछोरीलाई छात्रबृति वितरण गरेको हो । अभिभावक कैदीबन्दी जीवन बिताईरहदा उनीहरुका छोराछोरी साहराविहीन हुने र बिद्यालय पढ्न नपाउने अबस्थाको सिर्जना हुने भन्दै उनीहरुको पढाईलाई सहजीकरण गर्न प्रत्येक महिना ८ सयका दरले एकैपटक तीन महिनाको दुई हजार चार सय रुपैयाँ छात्रबृति बितरण गरिएको संघका जिल्ला संयोजक टोपबहादुर महताराले बताउनुभयो ।

‘कैदीबन्दीका छोराछोरीलाई पठन पाठनमा सहज होस भनेर हामीले छात्रबृति वितरण गर्दै आएका छौं’ उहाले भन्नुभयो । आफुहरुले यस भन्दा अघि ३५ जनालाई मात्रै छात्रबृति वितरण गर्दै आएको भएपनि यस बर्षको जनवरीदेखि ५५ जना कैदीबन्दी तथा असहाय बालबालिकालाई छात्रबृति बितरण गर्दै आएको बताउनुभयो । साथै अन्य बालबालिकाहरु पनि सम्पर्कमा आएमा उनीहरुलाई पनि छात्रबृति बितरण गरिने बताउनुभयो ।

उहाले छात्रबृति सहित लत्ताकपडा, औषधी उपचार, घर निर्माणमा सहयोग, बिद्यालय पोशाकलगायतमा सहयोग गर्दै आएको समेत बताउनुभयो । दाङसहित रोल्पा, रुकुम लगायतका जिल्लाहरुबाट दाङ पढ्न आएका कैदीबन्दीहरुलाई सहयोग गर्दै आएको उहाको भनाई छ । संघले बिगत ७ बर्षदेखि यसरीनै कैदीबन्दीका बालबालिकाहरुलाई छात्रबृति बितरण गर्दै आएको छ ।

कैदीबन्दीका परिवार दाङ तुलसीपुर ६ की समिता चौधरीले श्रीमान जेलमा भएकाले छोराछोरीलाई पढाउन समस्या भएको अबस्थामा यसरी छात्रबृति उपलब्ध हुन थालेपछि भने सहज भएको बताउनुभयो । आफ्ना छोराछोरीहरु नियमित बिद्यालय जाने गरेको तथा पढाई पनि राम्रो हुँदै गएको उहाको भनाई छ । सरकारले समेत ध्यान दिन नसकेको अबस्थामा उक्त संस्थाले कैदीबन्दीको अबस्थाका बारेमा नजिकबाट जानकार हुँदा आफुहरुलाई सहज भएको बताउनुभयो ।

त्यस अवसरमा प्रमुख अतिथि वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेले कैदीबन्दी जीवन बिताएका घरपरिवारको अबस्थालाई नजिकबाट नियालेर सहयोग गर्नु सकारात्मक कार्य भएको बताउनुभयो । कैदीबन्दीका छोराछोरीहरु भौतारिने अबस्थामा यसरी संस्थाले छात्रबृति बितरण गरेर नियमित बिद्यालय जाने वातावरण सिर्जना गर्नु उदाहरणीय कार्यरहेको बताउनुभयो ।