लखन कपमा एसएसएफसी विजयी

Advertise with us

दाङ, ३ फागुन । घोराहीमा हिजोदेखि सुरु भएको लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिताको दोस्रो एसएसएफसी तुलसीपुरले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन भएको पद्मोदय माबि घोराहीलाई ३—१ गोल अन्तरले एसएसएफसी बिजयी भएको हो ।

Buddha International Hospital

Advertise with us

खेलको पहिलो हाफको २४ औँ मिनेटमा एसएसएफसीका मनिष भण्डारीले गोल गर्दै अग्रता गराए पनि ३६ औँ मिनेटमा पद्मोदयका रुपेश बाठा मगरले गोल गर्दै बराबरीमा ल्याएका थिए । खेलको दोस्रो हाफको ३७ औँ मिनेटमा एसएसएफसीका निशान डाँगीले थप एक गोल गर्दै अग्रता गराएका थिए ।

निकै उत्कृष्ट खेलको अन्तिम समयमा एसएसएफसीका प्रकाश न्यौपानेले थप एक गोल गर्दै जित सुनिश्चित गरेका थिए । प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेल दिउसो २ बजे मेघा युबा क्लब पहेलो र संगठित युबा क्लबबीच हुने छ ।