सल्यानमा बस दुर्घटना हुँदा १६ जना घाईते

सल्यान, ३१ भदौ । सल्यानमा गाडी दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन् । भोटेचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटनामा परेको हो । गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको उद्दारमा खटिएका प्रहरीले जनाएका छन् । घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

TMart

घाइते मध्यका १ जनालाई बढी चोट लागेको छ। घाइते हुनेमा दार्मा ६ का भक्त केसी, बागचौर–६ का पदम वली, दार्मा–६ का नेत्र मल्ल, छत्रेश्वरी–७ का राधिका खड्का र भुमिका खड्का, जानकी गाउपालिका–५ कैलालीका अमृत चौधरी र सुस्मिता चौधरी , छत्रेश्वरी–६ का नवीन घर्ती, अपेक्षा केसी,तोरन सार्की, कृष्ण चलाउने, बिजय बिक, खिमलाल नेपाली, सन्तोष नेपाली र गाडीका सह चालक छत्रेश्वरि ५ का भिमार्जुन केसी रहेको प्रहरीले जनाएको छ ।

गाडी सडकबाट २० मिटर तल खेतमा खसेको छ । गाडी कसरी दुर्घटना भयो भन्ने जानकारी नभएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरिले बताएको छ । गाडी आज बिहान साढे १० बजे दुर्घटनामा परेको थियो । घाइतेहरुको अबस्था बुझ्न छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष सन्तोष केसि र वडा नम्बर ६ का अध्यक्ष दिपमनी दसौदी अस्पताल पुग्नुभएको छ ।