कर्मचारीमा कोरोना देखिएपछि घोराही उपमहानगरपालिका बन्द

दाङ, ३१ भदौ। कर्मचारीमा कोरोना देखिएपछि दाङको घोराही उपमहानगरपालिका बन्द हुने भएको छ । हिजो ६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने कार्यालयले जनाएको छ ।

TMart

‘कार्यालका ६ जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयबाट सेवा प्रवाह गरिने स्वास्थ्य सेवा, विपद् ब्यवस्थापन र सरसफाई सेवा लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु आजदेखि असोज ४ गतेसम्म स्थगित गरिएको छ’- कार्यालयका प्रमुख प्राशासकीय अधिकृत ऋषिराम केसीद्वारा जारी सूचनामा भनिएको छ ।