सपना इन्टरप्राइजेजको स्वास्थ्य सामग्री सहयोग अभियान शुरु

दाङ, भदौ ३१ । दाङको घोराही स्थित न्यू रोडमा रहेको सपना इन्टरप्राइजेजले स्वास्थ्य सामग्री सहयोग अभियान थालेको छ । सपना इन्टरप्राइजेजका प्रोप्राइटर सागर श्रेष्ठ र उहाँकी आमा आशा श्रेष्ठले कोभिडबाट बच्न स्वास्थ्य सामग्री सहयोग अभियान थाल्नु भएको हो । कोभिडको महामारीका समयमा अग्रहपंक्तिमा खटिने सुरक्षाकर्मी, संचारकर्मी तथा अन्य नागरिकहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्न थालिएको इन्टरप्राइजेजका प्रोप्राइटर सागर श्रेष्ठले बताउनुभयो ।

TMart

जस अन्तरगत मंगलबार वडा प्रहरी कार्यालय घोराहीलाई सचेतनामूलक १० थान ब्यानर, १० लिटर सेनिटाइजर, ५०० थान मास्क सहयोग गर्नुभएको छ। स्वास्थ्य सामग्री ग्रहण गर्दै कार्यलयका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमालले उहाँहरुलाई धन्यबाद दिनुभएको थियो । अझ यो अभियान जारी रहेको सागरले बताउनुभयो । उहाँका अनुसार यसै क्रममा बिहीबार घोराहीमा रहेका संचारकर्मीहरुलाई समेत स्वास्थ्य सामग्री सहयोग गरिने तयारी रहेको जानकारी दिनुभयो ।