कोरोनाको अँध्यारो पाटो : भारतमा बढ्दै बाल तस्करी

कोरोना सन्त्रास छाइरहँदा अन्य जटिल रोगहरुको उपचार, शल्यक्रिया आदि नराम्ररी प्रभावित भएको छ । उपचार एवं शल्यक्रिया गर्नुपर्ने अवस्थाका रोगीहरु समेत घरभित्रै थुनिएका छन् । अर्कोतिर यसले गर्भवती एवं सुत्केरीलाई बढी सताएको छ । लकडाउनको अवधिमा नियमित स्वास्थ्य जाँच र निगरानीको अभावमा गर्भवती एवं सुत्केरीले ज्यान गुमाइरहेका छन् ।

TMart

त्यसैगरी बाल आत्महत्याको डरलाग्दो तथ्यांक पनि बाहिर आएको छ । लकडाउनको समयमा सय बढी बालबच्चाले आत्महत्या गरेका छन् । अर्कोतिर राज्यमा भ्रष्टचार, अराजकता मौलाइरहेको छ ।

यो त भयो हाम्रो मुलुकको दुर्दशा । छिमेकी भारतमा यस्तै भयावह स्थिति देखिएको छ । बिबिसीमा प्रकासित रिपोर्ट अनुसार लकडाउनको क्रममा त्यहाँ बालबालिकाको तस्करी र बालविवाह बढ्दो छ।

भारतका कतिपय स्थानमा लकडाउनको मौका छोप्दै दलालहरुले बालबच्चालाई ललाई–फकाई तस्करी गरिरहेको बताइन्छ । बालबालिका तस्करी गरी मजदुरीमा लगाउने धन्दा फस्टाएको छ ।

त्यसो त भारतमा बाल मजदुरी एक जटिल समस्या बनेको छ । सन् २०११ को जनगणना अनुसार भारतमा पाँच देखि १४ उमेरभित्रका करिब २६ करोड बच्चामा एक करोड बाल मजदुरी गर्न बाध्य छन् । उत्तर प्रदेश र महाराष्ट्रपछि सबैभन्दा बढी बाल मजदुर बिहार राज्यमा छ ।

बिबिसीको रिपोर्टमा लेखिएको छ, ‘नेशनल क्राइम रेकर्डस् ब्युरोका अनुसार बिहारमा बाल तस्करी एकदमै व्याप्त छ । गरिबी र जागरुकताको कमीको कारण बच्चाको तस्करी बढेको हो । लकडाउनमा यस्तो तस्करी अरु बढेको छ । पछिल्लो समय बाल तस्करी दुई गुणाले बढेको बताइन्छ ।

सेन्टर डायरेक्टर सुरेश कुमारले बिबिसीसँग भनेका छन्, ‘गाउँ नै खाली गरेर रेल मात्र होइन बसमा समेत बच्चा तस्करी गरिदैछ । बेरोजगारीले आक्रन्त आमाबुवाले पनि त्यसको पूर्तिका लागि आफ्ना बालबच्चा दिन तयार छन् ।’

तस्करलाई पक्राउ गर्न निकै चुनौतीपूर्ण छ । अक्सर उनीहरु जरिमाना तिरेर फुत्कने गरेका छन् । सम्बन्धित संघ संस्थाको पहलमा बाल तस्करी रोक्ने प्रयास र त्यसमा केही उपलब्धी हासिल भएपनि यो धन्दा जारी छ ।

१७ घण्टा काम, खानामा खिचडी

बिहारमा बस्ने १५ बर्षका मुकेश जयपुरको चुरा फ्याक्ट्रीमा सात महिना काम गरेपछि मे महिनामा आफ्ना घर फर्किए । उनले बताए कि पितालाई टिबी भएका कारण उनी खेतीपातीमा रोजगारी गर्न पाइरहेका थिएनन् र उनका परिवारले साहुको ऋण पनि चुकाउनुपर्ने स्थिति थियो । त्यही कारण जब उनको घरमा तस्कर आए, उनी आफ्नो काम गर्न तयार भए । तर, यो निर्णय गलत थियो ।

फोनमा कुराकानी गर्दै उनले भने, ‘फ्याक्टीमा बिहान सात बजेदेखि राती १२ बजेसमम काम गर्नुपथ्र्यो । खानामा केवल खिचडी मात्र पाइन्थ्यो र एकदमै गाली पनि गर्थे । महिनामा २५ सय (भारु) दिने सर्त राखेका थिए तर एक हजार (भारु) पनि दिएनन् । अब म यस्तो कम गर्दिन ।’

बिबिसीबाट भावनुवाद