खाद्य संस्था तुलसीपुरले धान खरिद गर्ने

दाङ, ३० भदौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले यस बर्ष धान गर्ने भएको छ । संस्थाले स्थानीयस्तरबाट १० हजार क्वीन्टल धान खरिद गरेर त्यसबाट चामल निकालेर बिक्री गर्ने कार्यालय प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।

TMart

सरकारले तोकेको मूल्यमा धान खरिद गर्ने उहाँको भनाई छ । हाल कारागारहरु, रुकुमपूर्व, पश्चिम र डोल्पामा स्थलमार्ग बाट चामल पु¥याउँदै आएको संस्थाले यस बर्ष धान पनि खरिद गर्ने भएको हो ।

त्यस्तै हाल विभिन्न प्रकारका चामलहरु उपलव्ध गराउँदै आएको कार्यालयमा अझै पनि ११ सय ९५ क्वीन्टल चामल स्टक रहेको र सो चामल ढुवानी नभएको बताएको छ ।

हाल कारागारलाई चामल उपलव्ध गराउँदै आएको कार्यालयले ढुवानीको लागि टेण्डर नभएका कारण अन्य क्षेत्रमा भने चाम पु¥याउन सकेको छैन । सो चामल गोदामै थन्किएको छ ।

लकडाउनको समयमा केही चामल बिक्री भएपनि हाल चामल विक्री नभएको बताएको छ । यसैबीच दशै–तिहारका लागि खसी–बोका खरिद गर्दै आएको शाखा कार्यालयले यस बर्ष खसी बोका खरिदका लागि कुनै जानकारी नआएको जनाएको छ ।