दशवर्ष शिक्षण पेशापछि कृषी क्षेत्रमा फर्किए : भुषाल

शिवु खनाल

TMart
दाङ, २९ भदौ । लमही नगरपालिका वडा नम्बर २ राजपुर निवासी नारायणप्रसाद भुषालले व्यवसायी रूपमा केरा खेति सुरु गर्नु भएको छ । सुरुमा घरायसी प्रयोगको लागि दुई÷चारवटा केराको बोट लगाएर सुरु गरेका राजपुरका स्थानियले केरा राम्रो फलेपछि व्यवसायी खेती तर्फ आकर्षित भएका हुन् । अहिले देउखुरीमा ७ घर परिवारले व्यवसायी रूपमा केरा खेति गर्न थालेका छन् । लमहीको राजपुर निवासी नारायणप्रसाद भुषालले बाह्र विगहा जग्गा लिजमा लिएर व्यवसायीक रुपमा केरा खेति गर्दै आउनु भएको छ ।


स्थानीय जातको केरा विक्रि गरेर पहिलो लटमा २ लाख ५० हजार आम्दानी गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘ग्रिन एग्रो फर्म इच.विच फर्म दर्ता गरि वार्षीक तिन लाख दिने सर्तमा राजपुरमा बाह्र विगहा जग्गा लिजमा लिएर पच्चिस लाखको लगानीमा व्यवसायीक रुपमा केरा खेतीको सुरुवात गरेको छु । बाह्र विगहा जग्गामा जि.नाईन, उइलि.यम हाइव्रेड, र हरिसा जातका अठार हजार केराको विरुवा लगाएको छु ।’


खिमबहादुर मा.वि शाह कोलहीमा करिब दशवर्ष शिक्षण पेशामा आवद्ध हुनु भएका भुषाल आफु केरा खेतीमा सन्तुष्ट भएको बताउनुभयो । कृषी पेशासंग संगै भुषाल अहिले लडबुद्ध एकेडेमी फल्कापुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुनुहुन्छ । उहाँले भन्नुभयो,–। ‘दशवर्ष शिक्षण पेशमा जिवन गुज्रीयो । बाँकी जिवन कृषी पेशामा अवद्ध रहनेछु ।

फर्ममा उत्पादन भएको सबै केराहरु स्थानीय लमही बजारमा खपत भएको छ । कृषी ज्ञान केन्द्र दाङबाट केरा खेतीको लागी चारलाख अनुदान प्राप्त भएको थियो ।’ ‘यसवर्ष केरा विक्री गरेर कम्तिमा ७ लाख आम्दानि गर्ने योजना छ । फर्ममा काम गर्ने दुईजना कर्मचारी रहेका छन् ।’

मलको लागि भैंसी बाख्रा पाल्ने योजना
बाह्र विगहा जग्गामा केरा खेती गर्दै आउनु भएका लमही नगरपालिका वडा नम्बर २ राजपुर निवासी नारायणप्रसाद भुषालले केरा खेतीको लागि मलको अभाव हुन थालेको गुनासो सुनाउनुभयो । उहाँले भन्नुभयो,–। ‘केरा खेतीको लागी मल प्रसस्त चाहिन्छ तर, मलको चरम अभाव छ । खेती सुरु हुन्छ तर भनेको बेला मल पाइदैन ।

अव फर्ममा मल उत्पादन गर्न ६ विगहा जग्गा लिजमा लिएर भैँसी र बाख्रा पालन गर्ने योजना बनाएको छु ।’ ‘केरा खेतिको लागि मल छैन । मल नभएकै कारण ६ विगहा जग्गा जिलमा लिएर बाख्रा र भैंसी पालन गर्ने योजना रहेको छ । फर्मबाट उत्पादन हुने मल केरा खेतिमा प्रयोग गर्ने र व्यवसायीलाई अझ बढाउने लक्ष्य रहेको छ ।’

यस्तै लमही नगरपालिका वडा नम्बर ३ कान्तिपुर निवासी तुलसि अधिकारीले १५ कठ्ठा जग्गामा व्यवसायी रूपमा केरा खेति गर्नु भएको छ । केरा खेति विक्रि गरेर राम्रो आम्दानि गरेको उहाँले बताउनुभयो । भर्खरै सुरुवाग गरेको हुनाले पहिलोपल्ट धेरै नहोला अगामि वर्षमा राम्रो कमाउन सकिन्छ, की भन्ने लागेको छ, कृषक अधिकारीले भन्नुभयो ।

नगर प्रमुख केसीद्धरा अनुगमन
लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही नगरपालिका अन्तरगत गरिएको केरा खेतीको अनुगमन गर्नु भएको छ । नगर प्रमुख केसीले नगर क्षेत्रमा कृषकहरुले व्यवसायीक रुपमा गरेका केरा खेतीको स्थलगत निरिक्षण तथा अनुगमन गर्नु भएको हो । अनुगमन गर्दै नगर प्रमुख केसीले कृषी क्षेत्रमा लगानी गरि कृषकहरुको आयआर्जनमा वृद्धि विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,–। कृषकहरुका लागिी कृषी सम्बन्धी नगरपालिकाबाट विभिन्न कार्यक्रमहरु अगाडि सारिएका छन् । नगर क्षेत्रका कृषकहरुलाई कृषी सम्बन्धी विभिन्न तालिम संचालन गरि स्वदेशमै कृषी पेशा गरि आत्म निर्भर गराउने लमही नगरपालिकाको दिर्घकालीन योजना रहेको छ ।’