गौरव र मेनुकालाई ‘गाउँ घरै रमाइलो’ (भिडियो)

कलाकार गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘गाउँ घरै रमाइलो’ बोलको गीतको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

TMart

साजन राईको आवाज रहेको गीतमा रमेश कार्कीको शब्द रहेको गीतमा साजनकै संगीत छ । यो भिडियोमा भिडियोमा गौरव र मेनुकाको जोडीलाई देख्न सकिन्छ ।

आफ्नै गाउँमा दुःख गरेर जीवन चलाएको एक जोडीको कथा भिडियोमा उतारिएको छ । भूपेन्द्रकै छायांकन रहेको गीतलाई अनिल रानाले सम्पादन गरेका छन् ।

यस्तै गीतको भिडियोमा किरण चाम्लिङ राई र भूपेन्द्र तुम्बाहाम्पेको निर्देशन देख्न सकिन्छ ।