गजल आमा खुसि नै हो रोगलाई जित्न सक्ने औषधि हेर्नुहोस् जलेपछि त्यो अगरबत्ती अगरबत्ती छैन

यि लाज पचेका हरु लाई लाज अलिकति छैन
यत्रो समय भैसक्यो दुई आना समेत प्रगति छैन
TMart
उठाउनु होस् हात स्विकार्नु होस् हार अब पुग्यो
फलफूल खानुहुन्छ यत्ति सोच्न सक्ने शक्ति छैन
कस्तो उदाहरण दिऊँ सरकार यो भन्दा गतिलो
सम्झिनुहोस् विवाह दर्ता म सँग छ श्रीमती छैन
प्रमाण”म”नै हुँ पेस गरेको अब “म” नै सकिए छु
मृत्यु पश्चात् दिएको न्यायमा कुनै आपत्ति छैन
आखिर यत्रो घमण्ड के का लागि कसका लागि
हेर्नुहोस् जलेपछि त्यो अगरबत्ती अगरबत्ती छैन
आमा खुसि नै हो रोगलाई जित्न सक्ने औषधि
चिन्ता रोगको दुनियाँमा असली ओखति छैन
चिया उम्लेको छ आगो निभेको छ बन्द छ ढोका
आज पनि भट्टिमा बस्ने भट्टि बाहिर मालति छैन
 देवेन्द्र बुढा वयनि