राप्ती अटो वर्कशपको उदघाटन


दाङ,१ फागुन । घोराही उपमहानगरपालिका वडा नं.१४ को कपासीमा रहेको अटोभिलेजमा राप्ती अटो वर्कशप सञ्चालनमा आएको छ । दुई जना युवाहरुले करिव ४० लाख रुपैयाँको लागनीमा वर्कशप सञ्चालनमा ल्याएका हुन ।


Advertise with us
वर्कशपको बुधवार एक कार्यक्रमको आयोजना गरि उदघाटन गरिएको छ । सञ्चालनक कृष्ण केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एव नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वर्कशपको उद्घाटन गरिएको हो । नगर प्रमुख चौधरीले रिवन काटेर वर्कशवको उदघाटन गरेका हुन ।

Buddha International Hospital


कार्यक्रममा नगर प्रमुख चौधरीले उपमहानगरपालिका अटोभिलेजलाई नमूना अटोभिलेजको रुपमा विकास गर्न लागेको भन्दै अव जुनसुकै मोडेलका गाडी पनि दाङमै बन्ने गरि अटोभिलेजलाई विकास गर्नुपर्ने बताए । त्यसका लागि मिस्त्रीहरुलाई तालिमको व्यवस्था उपमहानगरपालिकाले गर्ने बताए ।


त्यस्तै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले नमूना अटोभिलेज बनाउन नया खुल्ने वर्कशपको महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । सञ्चालक नारायण पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार नवीन अभिलाषीले गरेका थिए ।

Advertise with us