एकल महिलाहरुलाई सिप सिकाउदै घोराही उपमहानगर

घोराही, फागुन १| घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले एकल महिलाहरुका लागि सिप विकास तालिम सञ्चालन गरेको छ । एकल महिलाहरुलाई आयआर्जन सँग जोड्न व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिदै तालिम सञ्चालन गरेको हो ।

Buddha International Hospital

Advertise with us

शाखा संयोजक पशुपती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले एकल महिलाहरुलाई आत्मबिश्वासका साथ व्यवसायमा जोडिन आग्रह गर्नुभयो । जीवनमा कहिल्यै दुखी नहुन आग्रह गर्दै नगर प्रमुख चौधरीले हिम्मतका साथ व्यवसायमा जोडिएर आर्थिक उपार्जनमा लाग्न सुझाब दिनुभयो ।

त्यसैगरी उपप्रमुख सीता सिग्देल न्यौपानेले हिम्मत र जाँगरले सफलता मिल्ने भन्दै कहिल्यै निराश नबन्न आग्रह गर्नुभयो । सिप सिकेर आत्मनिर्भर बन्न सुझाब दिदै स्थानिय सरकारले आबस्यक सिप, ज्ञान र पराशर्म दिने बताउनुभयो ।

२० जना एकल महिलाहरु सहभागि भएको तालिममा कुखुरा पालन व्यवसाय, च्याउ खेती, मौसिम र बेमौसमी तरकारी खेती गर्ने तरिका र व्यवसाय प्रर्बद्धनका लागि आबस्यक ज्ञान सिकाईने शाखा प्रमुख मोतीकुमारी बिश्कर्माले जानकारी दिनुभयो । आयआर्जनका लागि सिप र ज्ञान प्रदान गर्न तालिम सञ्चालन गरेको प्रति एकल महिलाहरु खुसी भएका छन् ।

Advertise with us