कविता ए मुर्ख मानिस! अब उप्रान्त मेरो नाममा भिडन छोडिदेउ ।

   किरण चन्द्र पुन
मन्दिर बन्द छन
मस्जिद,चर्च अनि गुम्बा बन्द छन
खै ईश कहाँ छन?
खै कुन भेषमा बस्छन?
खै कुन भाषा बोल्छन?
तर सधै शान्त छन,
न भक्त देखि भक्ति नपाई रिसाएका छन,
न संकटमा शक्ति देखाई रिझाएका छन,
यदि अस्तित्वमै छन भने कतै भनिरहेका होलान,
ए मुर्ख मानिस!
अब उप्रान्त मेरो नाममा भिडन छोडिदेउ।
कहरमा भगवान हराएका हुन
वा कहरले कोठाभित्रै थन्काउदा
मान्छेमा देव पुज्ने रहर हराएका हुन,
तर मुर्ख शासक राम खोज्छ ,
अयोध्या खोज्छ, मोहम्मद खोज्छ ,
मस्जिद खोज्छ चर्च खोज्छ,
जिसस खोज्छ बुद्ध खोज्छ
तर तिनिहरुको विचार खोज्न बिर्सिन्छ
ईष्र्या , द्रेष ,क्रोध ,घृणा रोप्छ
तर एकता र शान्ति रोप्न बिर्सिन्छ,
अनि मुर्खले जन्माउने पटमुर्खहरु
ईशकै मिथ्यामा रगत बगाउछन,
अनि मुर्ख शासक
तेहि रगतले होलि उत्सब मनाउछ,
त्यसै भनिएको होइन
मुर्खताको कुनै सिमा हुदैन।
मनुष्य धर्मविहिन थियो
र लडनु भन्दा फेरि धर्मबिहिन बन्नुपर्छ,
धर्म समाज चलाउने विचार हो
यदि समाज भत्किन्छ
भने समयसापेक्ष धर्मविचार
संसोधन अनिवार्य छ,
अब राम ,कृष्ण , क्राईस्ट, बुद्ध ,
मोहम्मद एक ठाउँमा उभिनु पर्छ
अब चर्च , मन्दिर , मस्दिज ,
गुम्बा भातृत्वका केन्द्र बन्नु पर्छ,
ए मुर्ख मानिस!
आईन्दा भिडनु नै छ भने
ईशको नाममा भिडनु पुर्व पहिला
तेरो मुर्ख शासकको बध गर्नु
मानवताको वध गर्नु
पुर्व तेरो मुर्ख विचारको बध गर्नु।
मन्दिर , मस्जिद ,गुम्बा,चर्चहरुको
एउटै अपिल हामि एकै आमाका
भाई भाईका घरहरु हौ
कृपया आफ्नै भातृत्वको बध,
आफ्नै भातृत्वको अन्त्येष्टि बन्द गरि देउ
बरु तिमि भाइ भाइहरु कहिले मस्जिद,
कहिले गुम्बा कहिले चर्च,
कहिले मन्दिर पस्दै
धार्मिक सहिष्णुताको आव्हान गर।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *