स्वास्थ्यका लागि सक्षम प्रणाली बिषयक समिक्षात्मक छलफल

दिप्तीशिखा चौधरी,

Buddha International Hospital

स्वास्थ्यका लागि सक्षम प्रणाली बिषयक समिक्षात्मक छलफल आज दंगीशरण गाउँपालीकामा सम्पन्न भएको छ ।

Advertise with us
पिछडिएका र सेवाको अवसरबाट बन्चित रहेका समूहहरुलाई लक्षित गर्दै मातृ, नवजात शिशु र बाल स्वास्थ्यका साथै प्रजनन् स्वास्थ्य सेवामा पहुँच र गुणस्तरमा कसरी सुधार ल्याउने भन्ने उद्देश्यले स्वास्थ्य प्रणाली बिशेषज्ञ र स्वास्थ्य शाखाका कर्मचारी बीच छलफल भएको हो ।
स्वास्थ्यका लागि सक्षम प्रणालीकाका सविता पोख्रेलले कार्यक्रमका बिषयमा जानकारी गराउनु भएको थियो । उहाँले यूएसएआईडि द्धारा संचालित स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रम प्रदेश न.५ को दाङ, बाँके र बर्दियामा संचालन हुने बताउनु भएको थियो । यो कार्यक्रमबाट सरकारी र नीजी क्षेत्रद्धारा प्रदान गरिने स्वास्थ्य सेवाको पहुँचका लागि समुदायले भोगिरहेको आर्थिक र सामाजीक समस्यामा कमी आउने बताउनु भएको थियो ।
छलफलमा गाउँपालीकाको स्वास्थ्य निकायमा के कस्ता समस्या छन् ? अब कसरी कार्यान्वयन गर्ने ? स्वास्थ्य नीती कसरी निर्माण गर्ने ? स्थानीय निकायमा स्वास्थ्यको पहुँचलाई कसरी बढाउँने ? दातृ निकायले के कस्तो सहयोग गर्दा राम्रो होला ? स्वास्थ्य सस्ंथाका लागि बजेट र औषधि आपूर्ती गर्न गाँउपालीकाको प्रयास कस्तो हुने ? बिषयमा छलफल गरिएको थियो ।
सो अवसरमा स्वास्थ्य शाखाका प्रमूख बिष्णु क्षेत्रीले अहिले सम्म स्वास्थ्य शाखाका लागि समान पु¥याउने निकाय किटान नभएको र राज्य बाट प्रयाप्त मात्रामा बजेट नभएको बताउनुभयो । उहाँले गाउँपालिकामा जिल्लासंग समन्वय गरेर सामग्री जुटाउँने गरेको समेत बताउँनुभयो । प्रमूख क्षेत्रीले प्रदेशबाट स्वास्थ्य सम्बन्धि नीती प्रष्ट तरीकाले आउनु पर्ने, गुणस्तरीए औषधिको उपलब्ध गर्नुपर्ने, स्वास्थ्य सम्बन्धि कर्मचारीलाई तालीमको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
छलफलमा गाउँपालीकाका उपाध्यक्ष पिमा कुमारी खड्काले वडा वडाबाट आमा समूह गठन गरि हरेक निकायसंग समन्वय गरेर स्वास्थ्यको क्षेत्रमा समिक्षात्मक कार्यक्रम भईरहेको बताउनुभयो । उहाले गाँउ तहमा खासगरी सुत्केरी आमा र बच्चाको लागि उनीहरुको स्याहार कसरी गर्ने बिषयमा तालीमहरु संचालन हुने गरेको बताउनु भयो । अब गाउँपालीकाले महिलाको स्वास्थ्य संग जोडिएका बिषयमा कार्यक्रम गर्ने योजना रहेको उहाँले बताँउनुभयो । छलफल कार्यक्रममा स्वास्थ्य प्रणाली बिषेशज्ञ जीवन घिमीरे, किसन अवस्थी, चंख वि.क., श्याम शुन्दर बस्नेत, शिक्षा शाखाका प्रमूख अनिल के.सी., कार्यक्रम संयोजक किरण पोख्रेल लगायतकाको उपस्थिती रहेको थियो ।

Advertise with us