नयाँ कार्यसमितिद्धारा शपथ ग्रहण

 

Buddha International Hospital

घोराही, माघ २९ । दाङको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ कार्यसमितिहरूले शपथ ग्रहण गरेका छन् । देवीबहादुर डिसीको नेतृत्वमा विजयी भएको नयाँ कार्यसमितिले मंगलबार पद तथा गोपनीयको सपथ ग्रहण गरेको हो ।

Advertise with us

खानेपानी संस्थाका अध्यक्षमा देवीबहादुर डिसी, उपाध्यक्षमा भरतमणी पाण्डे, कोषाध्यक्षमा ध्रुव केसी, सचिवमा सुमन शर्मा तथा सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, खुमा खड्का थापा मगर, लक्ष्मीसिंह ठकुरी र यशोदादेवी पाण्डे लगायतले शपथ ग्रहण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी खानेपानीका अध्यक्ष देवीबहादुर डिसीले चुनाव अगाडि आफूले गरेका प्रतिवद्दताहरु पूरागर्ने बताउनुभयो ।

कार्यसमितिहरुले उपभोक्ताहरुको अगाडि काम गरेर देखाउने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, घोराही वडा न. १५ का अध्यक्ष रमेश कुमार पाण्डे, वडा न १७ का अध्यक्ष खुसीराम चौधरी, प्रदेश न. ५ का सदस्य टिकाराम खड्का, नेपाली कांग्रेस दाङका प्रतिनिधि भुपबहादुर डांगी लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

मुख्य निर्वाचन अधिकृत रेवतीरमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण निर्मल गौतमले गर्नु भएको थियो । कार्यक्रममा निर्वाचन समितिका सदस्य प्रेम बहादुर ओलीको स्वागत मन्तव्य रहेको थियो ।

Advertise with us