लैँगिक हिँसा विरुद्धको अभियानमा विभिन्न कार्यक्रम गरिने

Advertise with us

तुलसीपुर उपमहानगरपालिकाले १६ दिने लैँगिक हिँसा विरुद्धको अभियान विशेष कार्यक्रमका साथमा मनाउने भएको छ । “श्रममा हुने लैगिक विभेदको अन्त्य गरौ” भन्ने मुल नाराका साथमा विभिन्न कार्यक्रम गरेर उपमहानगरपालिकाले दिवस मनाउन लागेको महिला शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन् । उनले ओरेक नेपाल लगायतका विभिन्न संघसंस्थाको समन्वयमा दिवस मनाउन लागिएको पनि जानकारी दिइन् ।
उपमहानगरपालिकाको महिला शाखाले अभियानका वारेमा विभिन्न सरोकारवालासँग अन्तक्र्रिया समेत गरेको छ । उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख श्याम डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै डाँगीले सामान्य महिलाले पनि अधिकारका वारेमा वोल्न सक्ने गरी अभियानका कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । उपमहानगरपालिकाले महिला शसक्तिकरणका लागि स्मार्ट छोरी कार्यक्रम सञ्चालन गर्न लागेको समेत जानकारी दिएका थिए ।

Advertise with us
कार्यक्रममा शाखा प्रमुख श्रेष्ठले अभियानका क्रममा गर्ने कार्यक्रमका वारमो जानकारी गराएकी थिइन् । मंसीर ९ गतेबाट सुरु हुने अभियानका क्रममा विभिन्न सरोकारवाला निकायसँग अन्तक्र्रिया,हस्ताक्षर संकलन, नगरस्तरिय सेवा केन्द्र उद्घाटन लगायतका कार्यक्रमहरु रहेका छन् । छलफल कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु शाखा अधिकृत टंकराज गौतम,सामाजिक विकास समिति संयोजक कुमार लामिछाने, ओरेक नेपालकी इश्वरी थापा लगायतको सहभागिता रहेको थियो ।

Buddha International Hospital