सहिद उमेश थापाको योगदानबारे चर्चा , ‘मुलुकले परिणाम खोज्ने बेला भयो’

दाङ, माघ २८ । दङाली कम्युनिष्ट नेताहरुले सहिद उमेशचन्द्र थापाको योगदानको चर्चा गरेका छन् । सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठान दाङले घोराहीमा आयोजना गरेको नेपालका लोकतान्त्रीक आन्दोलनका प्रथम सहित उमेशचन्द्र थापाको योगदान विषय अन्र्तक्रिया कार्यक्रममा नेताहरुले हरेक परिवर्तनको आधार दाङ र दाङका जनताहरु भएको बताए ।

Buddha International Hospital

Advertise with us

विस. २०६२÷६३ सालको जनआन्दोलनको स्मरण गर्दै नेताहरुले तत्कालिन शाही सेनाद्धारा हत्या गरिएका सहिद थापा लगाएत सम्पुर्ण सहिदको मुल्यांकन गर्ने, परिवारहरुको अबस्था सुदृढिकरण गर्ने, घाईतेहरुको उपचार तथा सहयोग र बेपत्ताहरुको छानविनका लागि सरकारले ध्यान दिनुपर्ने बताए । प्रतिष्ठानका अध्यक्ष विकिरण गौतमको अध्यक्षता तथा नेपाल कम्युनिष्ठ पार्टिका केन्द्रिय सदस्य भागवत विस्वासीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेता विस्वासीले सहिद उमेशचन्द्र थापाको योगदानले नै नेपालमा गणतन्त्रको आधार निर्माण भएको बताउनुभयो ।

अहिले सरकार मात्र परिवर्तन नभई राज्यको व्यवस्थार प्रणालीमा समेत ब्यापक हेरफेर भएको चर्चा गर्दै नेता विस्वासीले विकासको एउटा नमुना जनताले प्राप्त गरीसकेको बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद अमरबहादुर डाँगीले पार्टीमा विचार समुह भन्दा पनि गुटहरु धेरै निर्माण भएको चर्चा गर्दै जनता र जनप्रतिनिधीहरुको विच समन्वयको काम पार्टीले गर्नुपर्ने धारणा राख्नुभयो । जनप्रतिनिधिहरुले काम गरेनन् भन्ने ब्यापाक जनगुनासो सुनिदै आएको भन्दै उहाले त्यसलाई प्रष्ट पार्ने काममा पार्टीले सहयोग गर्नुपर्ने बताउनुभयो ।

नेकपाका नेता तथा जनआन्दोलनका घाईते शुष्मा शर्मा घिमिरे र देवि पोख्रेलले मुलुकले परिणाम खोज्ने बेला भैसकेको बताउनुभयो । नेकपाको आन्दोलन र कार्य अहिले दिग्भ्रमित अबस्थामा रहेको बताउँदै कम्युनिष्ट हुनुको गौरवलाई विर्सन नहुने उहाको भनाई थियो । पञ्चायत कालका संकेतहरु देखा परेको, विम्वहरु देखा परेको भन्दै त्यसको विचमा बसेर कम्युनिष्ट आन्दोलनले सार्थक रुपमा लिन नसक्ने बताउनुभयो । लामो समय देखि पार्टी एकिकरण नहुनुले जनताको माफमा संगठनको जालो पुग्न नसकेको उहाले बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्इ मेटमणी चौधरी, रेखा शर्मा र यशोदा सुबेदीले यो समय सहिदको सपना पुरा गर्ने बेला भएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नेकपा कार्यदलका अध्यक्ष टिकाराम खड्का, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, नेताहरु माधव न्यौपाने, राजनीतिक विश्लेषक शुशिल गौतमले पार्टी एकिकरण जति लम्वियो त्यति नै पार्टी दिग्भ्रमित हुने बताउनुभयो । नेकताको नेता तुलसा केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सुरामणि बेल्बासेले गर्नुभएको थियो ।