विद्यालय व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम शुरु

Advertise with us

दिप्तीशिखा चौधरी

Buddha International Hospital

दङ्गिशरण, विद्यालय व्यवस्थापन सम्बन्धी चार दिने अभिमुखीकरण तालिम दङ्गिशरण गाउँपालिकामा आइतवार देखि शुरु भएको छ ।

Advertise with us
गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमूख आतिथ्यतामा तालीमको उद्घाटन गरिएको हो ।

तालीममा बिद्यालय स्रोतको व्यवस्थापन, लेखा व्यवस्थापन, स्थानीय सरकार संचालन ऐन, शैक्षिक व्यवस्थापन, दङ्गिशरण गाउँपालिका शिक्षा ऐन २०७५, तथ्याङ्क व्यवस्थापन लगायतका बिषयमा जानकारी गराईएको थियो ।


तालिमको प्रशिक्षकमा पूर्व लेखा उपसचिव बाबुराम अधिकारी, शैक्षिक व्यवस्थापन बिद्यालय निरीक्षक चक्र भण्डारी, तथ्याङ्क व्यवस्थापन सिताराम भण्डारी, शिक्षा शाखा प्रमुख अनील के.सी रहेका थिए ।


तालीम उद्घाटन शत्रमा बोल्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दङ्गिशरण भित्र पर्ने सबै सामुदायिक बिधालयहरुको शैक्षीक गुणस्तर बढाउँनका लागि गाउँपालिकाले यस्तो खालको कार्यक्रम संचालन गरेको भन्दै अव बिद्यालयहरुले पनि बिधार्थीहरु अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यतालाई न्युनीकरण गर्ने तर्फ लाग्नुपर्ने बताए ।

बिद्यालयको निती नियमलाई समयको माग अनुसार फेरिनु पर्ने आवश्यक रहेको उनको भनाई थियो । सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले सामुदायीक बिद्यालयहरुमा पनि निजी बिद्यालयहरुमा अध्यापन हुने पाठ्यक्रम निर्माण गर्नुपर्ने बताईन् । हिजोको शिक्षा नीती भन्दा आजको शिक्षा निती फेरीएको भन्दै यसलाई मध्यनजर गर्दै अध्यापनलाई प्रभावकारी तरीकाबाट संचालन गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

तालीममा दङ्गिशरण गाउँपालिका भित्रका सामुदायीक बिद्यालयबाट बिद्यालयका प्रधानाध्यापक,बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्ष,लेखापालहरुको सहभागिता रहेको थियो ।