घोराही खानेपानीमा निर्वाचितहरु मतदाता भेट्दै


घोराही माघ २८ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिवार भएको निर्वाचन मार्फत बिजयी उमेदवारहरु मतदातालाई भेट्दै कृतज्ञता जाहेर गर्न व्यस्त छन् । निर्वाचनमा देबीबहादुर डिसीको प्यानल बिजयी भएको थियो ।

Buddha International Hospital
Advertise with us

मतदाताको घरदैलोमा निर्वाचित अध्यक्ष डिसीसहित उपाध्यक्ष भरतमणि पाण्डेय, सचिव सुमन शर्मा, कोषाध्यक्ष ध्रुब केसी, सदस्यहरु धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, महिला सदस्यहरु लक्ष्मीसिंह ठकुरी, खुमा खड्का, यशोदादेबी पाण्डेयलगायतका शुभेच्छुकहरुसहितको टोली सोमबार बिहानै देखि घोराही क्षेत्रमा हिँडेको थियो ।

भेटघाटकाक्रममा उपभोक्ताले नवनिर्वाति टोलीलाई बधाई दिँदै यस क्षेत्रको पिउने पानीको व्यवस्थामा अझ सुधार ल्याउन सुझाब दिएका थिए । मतदाताको घरदैलोमा हिँड्नेक्रममा भेटिनु भएका अध्यक्ष देबीबहादुर डिसीले सबैलाई धन्यवाद दिँदै संस्थालाई साझा चरित्रका आधारमा अगाडी बढाउने सवालमा आफ्नो कार्य समिति प्रतिबद्ध रहेको बताउनुभयो ।

Advertise with us