शैक्षिक जगतमा दिपशिखाको भूमिका महत्वपूर्ण


घोराही माघ २८ । दाङको शिक्षा क्षेत्रको विकासमा दिपशिखा सेकेण्डरी बोर्डिङ स्कूलको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छ ।

Buddha International Hospital
Advertise with us

दिपशिखाको २६ औं वार्षिकोत्सवको सांस्कृतिक एवं पुरस्कार वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले दाङको शैक्षिक गुणस्तर उकास्नमा यहाँका निजि विद्यालयहरुले अहंभूमिका खेलेको चर्चा गर्दै यसमा दिपशिखाको भूमिका पनि महत्वपूर्ण रहेको चर्चा गरेका थिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा विद्यालयको गतिविधि बारेमा फाउण्डर सदस्य नारायण अधिकारीले चर्चा गर्नु भएको थियो । विद्यालयको सहप्रधानाध्यापक धनबहादुर बिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

सो अबसरमा विद्यार्थीहरुले गीतनृत्य प्रस्तुत  गरेका थिए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, प्याव्सन दाङका सचिव खगेश्वर भण्डारीलगायतकाले बोल्नुभएको  थियो । कार्यक्रमको सहजीकरण शिक्षकहरु महेश सुवेदी र सुनीता गौतमले गर्नुभएको थियो ।