मन्दिर निमार्ण गर्न महापुराण


यमकला भुसाल
तुलसीपुर, माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नब्मर १२ शितलपुरमा रहेको शिव मन्दिरमा आइतवार देखि शिव महापुराण सुरु भएको छ । दाङमै पहिलो पञ्चमुखे शिव मन्दिर र अख्लेश्वर महादेवको मुर्ती स्थापना गर्ने उद्देश्यले महापुरण सुरु गरिएको हो ।

Advertise with us


शिव महापुरणको उद्घाटन प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले गर्नुभएको छ । शितलपुर शिव महापुराण मुलआयोजक समितिका संयोजक शक्तिकुमार शर्माको अध्यक्षता भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले दाङको शितलपुर क्षेत्रलाई शिवपुरी धामका क्षेत्रका रुपमा विकास गर्नका लागि आफुले क्षेत्रीय विकास कोषबाट गुरुयोजना बनाउने र बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Buddha International Hospital


माघ २७ देखि सुरु भएको महापुराण फागुन ९ गतेसम्म चल्ने छ । महापुराणमा मुख्य वाचकका रुपमा कोमल उपाध्यय र सहवाचकमा दुर्गाप्रसाद भुषाल रहनुभएको छ । नेपाली काग्रेसका नेता शंकर गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार देविराम कुसारीले गर्नुभएको थियो ।

Advertise with us